गिरीबन्धु टी इस्टेट्स प्रकरण अनुसन्धान हुन्छ : प्रधानमन्त्री पुष्पकमल दाहाल

  • मिसन संवाददाता
  • मङ्लबार, साउन ३०, २०८० २0:२५
गिरीबन्धु टी इस्टेट्स प्रकरण अनुसन्धान हुन्छ : प्रधानमन्त्री पुष्पकमल दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणमा पनि अनुसन्धान गर्ने बताएका छन् ।

उनले ललिता निवास प्रकरण र भुटानी शरणार्थी प्रकरणमा जस्तै गरेर गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणमा पनि विस्तारै छानबिन हुने बताएका छन् ।

केपी ओली नेतृत्वको सरकारले झापा विर्तामोडस्थित गिरीबन्धु टी इस्टेटसको नाममा रहेको ३४२ विघा १९ कट्ठा, १२ घुर जग्गा सट्टा भर्ना गर्न दिने गरी भूमिसम्बन्धी ऐनको आठौं संशोधन गरेको थियो ।

प्रचण्डका अनुसार सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिक काम बनाएको छ । भ्रष्टाचार र सुशासनलाई प्राथमिकता दिने क्रममा नक्कली शरणार्थी र ललिता निवास प्रकरण बाटोमा भेटिएका र त्यसमा सरकारले काम गरिरहेको बताए ।

  • मिसन संवाददाता
  • मङ्लबार, साउन ३०, २०८० २0:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट