दाेलखाकाे शैलुङमा ‘वाइल्ड स्टे विथ चौंरी’ कार्यक्रम हुदै

  • मिसन संवाददाता
  • शुक्रबार, अशोज १२, २०८० १३:५३
दाेलखाकाे शैलुङमा ‘वाइल्ड स्टे विथ चौंरी’ कार्यक्रम हुदै

काठमाडौं । पर्यटन प्रवद्र्धनको लागि ‘स्पार्क एड्भेन्चर २०२३’ले दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङमा ‘वाइल्ड स्टे विथ चौंरी’ कार्यक्रम आयोजना गरेकाे छ ।

कार्यक्रम संयोजक अमरदीप भट्टराईका अनुसार असोजको ११ देखि १३ गतेसम्म कार्यक्रम हुनेछ ।

असोज ११ गते बिहान काठमाडौँदेखि सैलुङको यात्रा सुरु हुनेछ । असोज १२ गते चौँरी गोठ र सैलुङलाई ’एक्सप्लोर’ गर्ने छन् । कार्यक्रममा आन्तरिक पर्यटनको खोजी गर्ने, चौँरीसँग जङ्गलमा रात बिताउने, स्थानीय संस्कृति, स्वादिष्ट खाना र नयाँ रमणीय ग्रामीण गन्तव्य पत्ता लगाउने इच्छा भएका सहभागीले भाग लिनेछन् ।

शैलुङको पर्यटन प्रवद्र्धनका लागि कलाकार जुटेका छन् । जहाँ निखिल उप्रेती, विजय लामा, प्रेमराजा महत, गरिमा शर्मा, यशकुमार, सन्दीप क्षेत्री, लेखक बुद्धिसागर लगायताका कलाकारहरु उपस्थित हुने भएका छन् । प्रशासनिक एवं सुरक्षा निकायका प्रतिनिधि पनि सहभागि हुनेछन् ।

  • मिसन संवाददाता
  • शुक्रबार, अशोज १२, २०८० १३:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट