दाेलखामा थप तीन किलो सुन बरामद

  • मिसन संवाददाता
  • शुक्रबार, अशोज १२, २०८० १७:0३
दाेलखामा थप तीन किलो सुन बरामद

काठमाडौं  । दाेलखा प्रहरीले जामुनेवाट थप तीन किलो सुन बरामद गरेको छ ।

प्रहरीले सिगंटिकाे  जामुनेस्थित सिता तामाङको घरवाट आज थप तीन किलो सुन बरामद गरेकाे छ ।  बिगु गाउँपालिका–१ बस्ने २८ वर्षीय केशर तामाङकाे बयानकाे आधारमा प्रहरीले थप सुन बरामद गरेकाे हाे ।

चीनको तिव्वतवाट फलाक नाका हुँदै भित्रिएको सुन लुकाएर राखेको शंकामा खोजतलाशको क्रममा थप ३ किलो सुन फेला परेकाे हाे ।

बुधवार ४ किलो सुन सहित ५ जनालाई जिल्ला प्रहरी कार्यालय दोलखा र इलाका प्रहरी कार्यालय सिंगटीको टोलीले पक्राउ गरेको थियो ।

  • मिसन संवाददाता
  • शुक्रबार, अशोज १२, २०८० १७:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट