प्रधानमन्त्रीले दिए वैदेशिक रोजगारलाई कोषमा नियमित बनाउन निर्देशन

  • मिसन संवाददाता
  • मङ्लबार, मंसिर १२, २०८० १२:१८
प्रधानमन्त्रीले दिए वैदेशिक रोजगारलाई कोषमा नियमित बनाउन निर्देशन

 

काठमाडौं  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले औपचारिक, वैदेशिक रोजगार तथा स्वरोजगार र अनौपचारिक क्षेत्रमा कार्यरत सबै श्रमिकलाई कोषको योजनामा क्रमशः आबद्ध गर्ने योजनासहित अगाडि बढेको बताए। उनले भने भने, “कोषमा हालसम्म आबद्धता भएको सङ्ख्या सन्तोषजनक छैन । त्यसैले यसको प्रभावकारी कार्यान्वयनमा सरकारका तर्फबाट निरन्तर जोड रहिरहन्छ ।”

छैटौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले सोमबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सामाजिक सुरक्षा योजनामा सबै क्षेत्रका श्रमिक आबद्धता गराउने बताए ।

‘सबैलाई सामाजिक सुरक्षा’ भन्ने राष्ट्रिय नारासाथ गत चैत ८ गते वैदेशिक रोजगार र स्वरोजगारका श्रमिकलाई सामाजिक सुरक्षाको सुरु गरेका प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा जानेबेलामा अनिवार्य गरेपछि एक पटक गरेर गएका श्रमिकलाई कोषको योजनामा निरन्तरतामा चुनौती देखिएको बताए । साथै उहाँले कोषमा आबद्ध भएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या हालसम्म चार लाख ६६ हजार ६२२ रहे पनि यसमा नियमित गर्ने थोरै रहेकाले नियमित गर्ने व्यवस्था मिलाउन विभागीय मन्त्री, सचिव र कोषका कर्मचारीलाई निर्देशन दिए।

औपचारिक क्षेत्रका निजी सङ्गठित संस्थाबाट सुरु हुँदै वैदेशिक रोजगारका क्षेत्रमा समेत सफल कार्यान्वयन भइसकेको कोषको योजनामा अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिसमेत जोडिने अवसर प्राप्त हुनुलाई आफूले ठुलो उपलब्धिका रूपमा लिए पनि आबद्ध सङ्ख्याप्रति निराशा प्रकट गरे ।
उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुरूप सामाजिक सुरक्षालाई सङ्घ वा प्रदेशको मात्र नभई स्थानीय तहको समेत दायित्वका रूपमा लिँदै स्थानीय तहमा रहेका अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमार्फत सामाजिक सुरक्षाको दायरामा ल्याउन सक्ने गरी कानुनी आधार तयार गर्न आग्रह गर्दै यसमा सङ्घीय सरकारको सहयोग रहने प्रतिबद्धता जनाए ।
उनले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा मृत्यु भएका व्यक्तिका आश्रित परिवारले मासिक एक लाख रूपियाँसम्म पेन्सन लिन थाल्नु आफैँमा महत्वपूर्ण रहेको प्रधानमन्त्रीले बतए  ।

  • मिसन संवाददाता
  • मङ्लबार, मंसिर १२, २०८० १२:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट