डिभोर्सको मुद्धा चलिरहेको बेला श्रीमतीद्वारा मरणासन्न हुनेगरि कुटपिट

  • मिसन संवाददाता
  • बिहिबार, माघ ४, २०८० १४:५६
डिभोर्सको मुद्धा चलिरहेको बेला श्रीमतीद्वारा मरणासन्न हुनेगरि कुटपिट

झापाको मेचीनगर घर भई हाल काठमाडौँ बस्दै आएका केशव घिमिरेले राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत श्रीमती ममता राईविरुद्ध प्रहरीमा अंगभंग, ज्यान मार्ने उद्योग सम्बन्धमा उजुरी दिएका छन् । उनीहरुको काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा विचाराधीन अवस्थामा छ ।

राईले आफू बसेको कोठामा बोलाई आफूमाथि निर्घात कुटपिट गरेको भन्दै घिमिरेले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं, महान्यायाधिवक्ताको कार्यालय, प्रहरी वृत्त बानेश्वर, जिल्ला प्रहरी परिसर टेकुमा राई र उनका सहयोगी शम्भु खत्रीसहित चारजनाविरुद्ध अंगभंग, ज्यान मार्ने उद्योगअन्तर्गत जाहेरी दिएका हुन्।

प्रहरी स्रोतका अनुसार अहिले दुवै तर्फबाट जाहेरी दर्ता भएको छ । बानेश्वर वृतका एक प्रहरी अधिकृतका अनुसार अहिले दुबै पक्षको जाहेरी लिएर अनुसन्धान भैरहेको छ।

घाइते घिमिरेले आफूमाथि फलामको धारिलो हतियार, फलामको रड तथा अन्य लाठीले हानेर टाउकोमा हानेको, देब्रे आँखालगायत शरीरका विभिन्न भागमा रडले घोची मरणासन्न अवस्थामा बेहोस पारी कुटपिट गरी अंगभंग, क्षतबिच्छेद पारी ज्यानै लिने उद्योग गरेको जनाएका छन् ।

  • मिसन संवाददाता
  • बिहिबार, माघ ४, २०८० १४:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट