चितवन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन् । पछिल्ला घटनाक्रममा मौन रहेका देउवाले राजतन्त्र कुनै हालत नफर्किने बताए ।
उनले भने, ‘गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन । गणतन्त्रविरोधी गतिविधिबाट राजनीतिक दलहरू अत्तालिएका हुन् ? भन्ने प्रश्नमा देउवाको जवाफ थियो- ‘को अत्तालियो ? हामी अत्तालिएका छैनौं ।’वर्तमान सत्तारुढ गठबन्धन दलको सत्तासाझेदारीका विषयमा पनि उनलाई सोधिएको थियो । प्रधानमन्त्रीको आलोपालोको सहमतिबारे उनले प्रष्ट जवाफ दिएनन् । गठबन्धन दलको सत्ता साझेदारी कसरी हुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘थाहा पाइहाल्नु हुन्छ नी !’