महानगरका शिक्षा प्रमुखलाई बालेनले सोधे स्पष्टीकरण : विद्यालय पोसेको आरोप

  • मिसन संवाददाता
  • आइतवार, माघ १४, २०८० १६:१६
महानगरका शिक्षा प्रमुखलाई बालेनले सोधे स्पष्टीकरण : विद्यालय पोसेको आरोप

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शिक्षा विभागका प्रमुख सीताराम कोइरालालाई स्पष्टीकरण सोधेका छन् । कोइरालाले महानगरको शिक्षा बोर्डको सहमतिविता एक विद्यालयलाई प्लस टु चलाउन अनुमति दिएको आरोपमा ७ दिने स्पष्टीकरण सोधेका हुन् । सँगै बालेनले केही दिन बिदामा बस्न निर्देशनसमेत दिएका छन् ।

कोइरालाले काठमाडौंको मध्यबानेश्वरस्थित रत्नराज्य क्याम्पसलाई नगर शिक्षा समितिको निर्णयको हवाला दिँदै विज्ञान संकाय चलाउन ११ र १२ को अनुमति दिएका थिए ।

यसअघि पनि कर्मचारीको करार नवीकरण सम्बन्धमा कार्यपालिकाको माइन्यूट नै फेरेर निर्णय गरेपछि केही कर्मचारीलाई स्पष्टीकरण सोधिएको थियो । उक्त निर्णय लिएर तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी फेरिसकेका छन् ।

  • मिसन संवाददाता
  • आइतवार, माघ १४, २०८० १६:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट