भारतमा चट्याङ र मुसलधारे वर्षाबाट २४ जनाको मृत्यु

  • मिसन संवाददाता
  • मङ्लबार, मंसिर १२, २०८० १२:४१
भारतमा चट्याङ र मुसलधारे वर्षाबाट २४ जनाको मृत्यु

गुजरात  चट्याङ र मुसलधारे वर्षाका कारण भारतमा मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ । पश्चिमी गुजरातमा कयौँ घरमा क्षति पुगेको छ भने पशु चौपायाहरू पनि मारिएका छन् ।मौसमविद्हरूले जाडो महिनामा गुजरातमा आँधीबेहरी अस्वाभाविक भएको बताएका छन् । मुसलधारे वर्षाले सबैलाई चकित बनाएको उनीहरूको भनाई छ ।

आकस्मिक बाढी र चट्याङबाट भारतमा हरेक वर्ष हजारौँको मृत्यु हुने गरेको छ । वैज्ञानिकहरूले जलवायु परिवर्तनले यस्ता मौसमी घटनामा वृद्धि भएको बताएका छन् । मृत्यु भएका २४ मध्ये १८ जनाको चट्याङ लागेर मृत्यु भएको आइतबार राति जारी विज्ञप्तिमा भनिएको छ ।

  • मिसन संवाददाता
  • मङ्लबार, मंसिर १२, २०८० १२:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट