प्रधानमन्त्री प्रचण्ड युएई प्रस्थान

  • मिसन संवाददाता
  • बुधबार, मंसिर १३, २०८० २२:२९
प्रधानमन्त्री प्रचण्ड युएई प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डल बुधबार साँझ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान गरेको छ।कोप–२८ मा नेपालको सहभागितासँगै अति कम विकसित मुलुकको तर्फबाट नेपालले अध्यक्षतासहितको प्रतिनिधित्व गर्दै गएका हुन । युएईको दुबईमा बिहीबार सम्मेलनको उद्घाटन समारोह हुँदै छ । यस वर्षको आयोजक राष्ट्रका रूपमा युएईले अध्यक्षता गर्दै छ । नेपालको तर्फबाट प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनले नेपाल जस्ता अल्पविकसित मुलकलाई पारेको प्रभव वारे धारणा राख्ने भएका छ्न । विकसित मुलुकले अत्याधिक कार्वन उत्सर्जन गरि प्रदुषण वढाएकाले अल्पबिकसित  ४७ देशको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री क्षतिपूर्ति दावी गर्ने भएका छ्न । उनी आइतबार फर्किने कार्यतालिका छ । 

  • मिसन संवाददाता
  • बुधबार, मंसिर १३, २०८० २२:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट