जिल्ला प्रशासन कार्यालयमै पीडितले साहुलाई कुटे

  • मिसन संवाददाता
  • बिहिबार, माघ ४, २०८० १८:५३
जिल्ला प्रशासन कार्यालयमै पीडितले साहुलाई कुटे

सिरहा- सिरहाका मिटरब्याज पीडितहरुले सिडिओ कार्यालयभित्रै साहुलाई कुटपिट गरेका छन ।

विहीबार मिटरब्याजको मुद्दामा छलफल भइरहेको बेला पीडितहरुले साहुलाई कुटेका हुन।

कुटपिटबाट सूर्यकुमार यादव घाइते भएका छन । उनको टाउकोमा चोट लागेको छ ।

ऋणी राज कुमार महतो र धनी सूर्य कुमार यादबबीच लेनदेनको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमै भनाभन भएको थियो ।

यादवबाट महतोले सुरुमा ७ लाख रुपैयाँको लेनदेन गरेका थिए । एउटै लेनदेनमा तीन तीन वटा कपाली तमसुक बनाएका यादवले आफ्नै मुद्दा मिलाउनको लागि पटक पटक पैसा मागेर सहमति गरेको पीडितको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयमा छलफलको बेलासमेत ऋणीको कुरा नसुनेपछि आक्रोसित बनेका महतोले यादवलाई कुटेको स्वीकार गरेका छन ।।

  • मिसन संवाददाता
  • बिहिबार, माघ ४, २०८० १८:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट