गगनको झिंगेदाउ : शेखरलाई संसदीय दलको ललिपप !

  • मिसन संवाददाता
  • बिहिबार, मंसिर २८, २०८० १२:४८
गगनको झिंगेदाउ : शेखरलाई संसदीय दलको ललिपप !

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी रूपान्तरणको लागि नयाँ ढंगले जानुपर्ने बताएका छन् । बत्तीसपुतलीस्थित अनुपम फूडल्याण्डमा बसेको इतर पक्षको भेलामा संसदीय दलको नेता परिवर्तन गर्ने गृहकार्यमा लाग्नुपर्ने बताए ।

महामन्त्री थापाको भनाई उद्धृत गर्दै एक नेताले भने- पहिला म संसदीय दलको नेता उठे सफल हुन सकिनँ । अब नयाँ ढंगले जानुपर्छ। शेखर दाइलाई अगाडि सारेर दलको नेता फेर्ने प्रयत्न गरेर पार्टी बचाउनुपर्छ ।

दलको नेता फेर्ने प्रयास सफल नभए आलोपालो सहमति अनुसार प्रचण्डपछि देउवा नै प्रधानमन्त्री हुने भएकाले ०८२ मा पार्टीको महाधिवेशन सम्भव नहुने उनको भनाइ थियो । आफ्नो टिमलाई एकजुट बनाएर समस्या समाधान गर्दै जानुपर्नेमा उनको जोड थियो ।

  • मिसन संवाददाता
  • बिहिबार, मंसिर २८, २०८० १२:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्