शुक्रबार प्रधानमन्त्रीले दोलखा महोत्सव उद्घाटन गर्ने : चरिकोटका होटलमा २० % छुट

  • मिसन संवाददाता
  • बुधबार, पुस ११, २०८० १0:५१
शुक्रबार प्रधानमन्त्रीले दोलखा महोत्सव उद्घाटन गर्ने : चरिकोटका होटलमा २० % छुट

दोलखामा पुस १३ देखि २२ गतेसम्म ‘वृहत दोलखा महोत्सव २०८०’ आयोजना हुने भएको छ। दोलखा उद्योग वाणिज्य संघले आर्थिक क्रान्तिका आधारहरू तय गर्ने लक्ष्य सहित १० दिने महोत्सव आयोजना गर्न लागेको हो।

दोलखाको सदरमुकाम चरिकोट स्थित भीमेश्वर रंगशाला (टुडिखेल मैदान)मा सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको संघले जनाएको छ। महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड)ले शुक्रबार बिहान ११ बजे गर्नेछन्। उद्धाटन समारोहमा दोलखा जिल्लाका विभिन्न जातजाती, भाषाभाषीका कला संस्कृति समेटिएको झाँकी प्रर्दशन गरिनेछ।

१० बजे चरिकोट बजारको सातदोबाटो चोकबाट र्‍याली सुरू हुनेछ। झाँकी सहितको र्‍यालीले बजारका विभिन्न भागको परिक्रमा गरेर भीमेश्वर रंगशालामा पुगेपछि उद्धाटन समारोह सुरू हुनेछ।

महोत्सवमा स्थानीय उत्पादन तथा परिकारको बिक्री-वितरण तथा प्रवर्द्धन गर्ने गरी डेढ सय वटा स्टल राखिनेछ। स्टलहरूमा दोलखाका सबै स्थानीय तहहरू, सरकारी निकाय, निजी क्षेत्र, कृषक, विभिन्न समूहहरू, संघसंस्था, उद्योगी व्यवसायीका उत्पादन, सामग्रीलगायत प्रर्दशनीमा राखिनेछ। साथै विभिन्न खानाका परिकारहरू स्टलमै उपलब्ध हुनेछ।

अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन ‘न्यू ईयर ईभ’का रूपमा मनाउने संसारभरको प्रचलन अनुसार दोलखा भ्रमणमा आएका पर्यटकको स्वागतका लागि चरिकोट बजार क्षेत्रमा ‘स्ट्रिट फुड फेस्टिभल’ समेत आयोजना गरिने संघले जनाएको छ।

नयाँ वर्षको अघिल्लो दिन दिनभर र मध्यरातसम्म साथै महोत्सव अवlधभर अन्य दिनहरूमा साँझदेखि स्ट्रिट फुड फेस्टिभल हुनेछ। यो फेस्टिभलको नारा ‘सडकमै खाउँ, सडकमै नाँचौं, सडकमै रमाऔं’ राखिएको छ। महोत्सवमा दोलखा जिल्लाका पर्यटकीय स्थलहरूको फोटो प्रर्दशनी साथै वृत्तचित्र प्रर्दशनी समेत गरिनेछ।

महोत्सव अवधीभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुती रहनेछ। यस्तै चरिकोट टुडिखेलदेखि भ्यूटावर हुँदै देउरालीसम्म घोडचडी, विभिन्न खेलकुद प्रतियोगिता, विद्यालय स्तरीय प्रतियोगिताहरू सञ्चालन गरिने छ।

दोलखालाई लगानीमैत्री जिल्लाका रुपमा विकास गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको हो। महोत्सव अवधिभर चरिकोटका होटलहरूमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

  • मिसन संवाददाता
  • बुधबार, पुस ११, २०८० १0:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट