पौडेललाई काईदा, चुरेमा नियुक्ति : एमालेको काम, सरकारी तलब-भत्ता झ्वाम !

  • मिसन संवाददाता
  • सोमवार, पुस २, २०८० ११:0१
पौडेललाई काईदा, चुरेमा नियुक्ति :  एमालेको काम, सरकारी तलब-भत्ता झ्वाम !

प्रशान्त कार्की
काठमाडौँ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले डा.किरण पौडेललाई राष्ट्रपति तराई मधेस संरक्षण विकास समितिको बोर्ड अध्यक्षमा नियुक्त ग¥यो । वन तथा वातावरण मन्त्री प्रेम आलेको प्रस्तावमा २०७७ साल चैत २० गते मन्त्रिपरिषद् बैठकबाट पौडेल सहित चार जना बोर्ड सदस्य एमालेबाट नियुक्त भए । जसमा बोर्ड सदस्यहरु कमला ओली शिवाकोटी, शसिकुमार शर्मा, शुष्मा ढकाल, भेषराज आचार्य नियूक्त भए ।

एमालेबाट बोर्ड अध्यक्ष नियुक्त भएका पौडेलले चुरेमा बेथिति मच्चाएका छन् । पौडेलले राज्य मन्त्री सरह सेवा सुविधा लिएर नियुक्त भएका पौडेल राष्ट्रपति चुरेको तलव भत्ता खाएर एमाले पार्टीको काममा सक्रिय हुने गरेका छन् । यतिसम्म कि राष्ट्रपति चुरेको फिल्ड भ्रमण भन्दै तलव भत्ता बुझेर पार्टीको काममा सक्रिय हुने गरेको पाएको छ । एमाले निकट प्रगतिशील वन संघको कार्यक्रमा पौडेलले चुरेको फिल्ड भ्रमण भनेर हाजिरी गरेर तलव भत्ता बुझ्ने गरेका हुन् । ‘एमाले निकट प्रगतिशील वन प्राविधिक संघको कार्यक्रममा सात ठाउँका कार्यक्रमम पुग्नुभयो । सबै ठाउँमा जाँदा चुरेको फिल्ड जाने भन्दै भत्ता बुझ्नुभयो’ राष्ट्रपति चुरेका एक अधिकृतले हाम्रो मिसनलाई भने, ‘फिल्डमा जाँदा सबै ठाउँमा प्लेन जढेर जानुहुन्छ फर्किदा समेत प्लेन आउनुहुन्छ । दैनिक २ हजार ५ सय फिल्ड भत्ता र प्लेट टिकट भुत्तानी गरेका छौैं ।’ एमालेको वनसंग सम्बन्धीत कार्यक्रममा पौडेल फिल्ड भ्रमण भन्दै भत्ता र सवारी खर्च,खाजा लगायतको भत्ता लिने गरेको ति कर्मचारीले बताए ।

अहिलेसम्म पौडेलले गत वैशाख ५ गतेदेखि १० गतेसम्म ५ दिनसम्म फिल्ड जाने भन्दै हाजिरी गरेका थिए । त्यो बेला पौडेल एमालेको प्रगतिशील वन प्राविधि संघले राखेको कार्यक्रममा गत वैशाख ५ गते, वैशाख ९ गते हेटौडामा राखिएको कार्यक्रममा सहभागी भएका थिए । त्यो बेला ५ दिनको फिल्ड भक्ता, प्लेन भाँडा सबै चुरेको फिल्ड भ्रमण भन्दै पैसा बुझेका छन् । यसैगरी वैशाख १७ गतेदेखि २३ गतेसम्म फिल्डमा जाने भन्दै विदा लिएका थिए । त्यो बेला वैशाख १८ गते सुर्खेत, वैशाख २३ गते पोखरामा हुने एमाले निकट प्रगतिशील वन प्रावधिक संघको कार्यक्रममा सहभागी भएर ६ दिनको भ्रमण भत्ता, प्लेन भाडाँ चुरेबाट लिएका छन्।

यसैगरी, जेठ ३ गतेदेखि ७ गतेसम्म फिल्डमा जाने भन्दै एमालेकै वन प्रावधिक संघको वुटवलमा राखिएको कार्यक्रममा सहभागी भएका थिए भने यसै जेठ १३ र १४ गते फिल्डमा भन्दै कैलालीमा भएको एमालेकै वन प्रावधिक संघको कार्यक्रममा चुरेबाट भत्ता बुझेका छन् । बोर्डका अध्यक्ष पौडेल प्लेन चढेर एमालेको कार्यक्रममा सहभागी हुन कैलाली पुगेका थिए । त्यतिबेला जेठ १५ गते विदाको दिन उनले सुदुरपश्चिम इकाइको गाडी चलाएको भन्दै प्रहरीले समाएको इकाइका एक कर्मचारीले बताए । एमाले नेता कार्यकर्ता सबैलाई हारगुहार गरेपछि पौडेलले आफू चुरेको हाकिम भएको भन्दै जरिवाना नतिरेर उप्किएको ति कर्मचारीले बताए ।

सरकारले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका लागि वार्षिक अर्बौ बजेट विनियोजन गर्दै आएको छ । तराई मधेस सहित भित्री मधेसको भुमि,पानी, वनस्पति र जैविक विविधता संरक्षण गर्न अर्बौ बजेट विनियोजन गरेपनि बालुवामा पानी जस्तै हुन पुगेको छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको श्रीवृद्धि गर्न पुगेका बोर्डका अध्यक्ष डा. किरण पौडेल प्राय पार्टीकै काममा व्यस्त हुँदा समेत चुरेका कर्मचारी तैचुपमैचुप हुने गरेका छन् । तर, राष्ट्रपति चुरेका बोर्ड अध्यक्ष पौडेलले सरकारी तलव भत्ता खाएर पार्टीको काम नगरेको भन्दै अस्वीकार गरे । ‘मान्छेहरुले अनावश्यक आरोप लगाउँछन् । म चुरे बोर्डको अध्यक्ष मात्रै होइन वन प्रावधिक संघको अध्यक्ष समेत हुँ । साझा फोरम भएकाले जानुपर्ने हुन्छ’ रातोपाटीसंग कुरा गर्दै पौडेलले भने, ‘तपाईलाई को मान्छेले भन्नुभयो श्र त्यो अनाश्यक कुरा हो । कुनै कार्यक्रममा अथितिको रुपमा जोपनि जान्छ । एक आधा घण्टा कार्यक्रममा बस्नु भएको पुरै बसेको भन्न मिल्दैन । यो पुरै गलत हो ।’ कुनै कार्यक्रममा अथितिको रुपमा जानु नराम्रो भन्न नमिल्ने पौडेलले जिकिर गरे । आफू कार्यक्रममा सहभागी हुँदा पार्टीको संगठन बनाउन लागेको र तलव भत्ता खाएको भन्न नमिल्ने पौडेलले दाबी गरे ।

सरकारले गत वर्ष २ अर्ब ५ करोड बजेट विनियोजन गरेको थियो । आगामी आर्थिक वर्ष बजेट घटेर १ अर्ब ५ करोड मात्रै बजेट विनियोजन भएको छ । चुरेको सबै बजेट टेण्डर प्रक्र्रियामा भन्दा चुरेका बोर्ड अध्यक्ष, सदस्य कर्मचारी र इकाइका कर्मचारीको समन्वयमा खर्च हुँदै आएको छ । चुरेको काम कारवाही टेण्डर प्रक्र्रियामा नगएर कर्मचारीको मिलोमतोमा उपभोक्ता समिति बनाएर खर्च गर्दा ब्यापक दुरुपयोग भएको बोर्डका सदस्यहरु बताउँछन् । ‘चुरेको बजेट राज्यले अर्बौ विनियोजन गर्छ । कुनै ठेक्का हुने भन्ने हुँदैन कर्मचारीले खल्तीमा राखेर मनमौजी उपभोक्ता समिति बनाएर खर्च गर्छन्’ ति बोर्ड सदस्यले भने, ‘राज्यको सम्पत्ति दुरुपयोग हुँदा टुलुटुलु बसेर हेर्नु परेको छ ।’ चुरेको बजेट ठेक्का प्रणालीबाट खर्च गर्ने प्रवृत्ति नभएसम्म बजेट सदुपयोग नहुने ति बोर्ड सदस्यको भनाई छ ।

चुरेमा ३१ जना कर्मचारी सात जना कार्यालय सहयोगी

राष्ट्रपतिमा कुल दरबन्दी ५९ जना भएपनि हाल ३१ जना मात्रै कार्यरत छन् । बोर्डका अध्यक्ष, बोर्डका सदस्य र कर्मचारीगरी कुल ३७ जना मात्रै रहेको कार्यालयमा सात जना कार्यालय सहयोगरी राखिएको छ । बोर्ड स्थापना हुँदा रेशमबहादुर नेपाल, विणा घिसिङ र अशोककुमार झा,लिला नेपाल सुरुदेखि नै कार्यालय सहयोगी मात्रै कार्यरत थिए । यति सानो कार्यालयमा चार जना कार्यालय सहयोग हुँदा बढी नै भएको थियो । जब बोर्ड अध्यक्ष पौडेल नियुक्त भएर आएपछि तीन जना कार्यालय सहयोग थपेर भद्रगोल बनाएका हुन् । उनले रमा अधिकारी र अप्सारा काफ्लेलाई २०७८ साल फागुनमा कार्यालय सहयोगीको रुपमा हाजिर गराएका थिए । लक्ष्मीमाया तामाङलाई २०७९ साल वैशाखमा हाजिर गराएर पौडेलले प्रवेश गराएका हुन । अहिले ३१ जना मात्रै कर्मचारी रहेको कार्यालयमा सात जना कार्यालय सहयोगीलाई कामै नपुग्ने गरेको एक कर्मचारीले बताए । कार्यालय सहयोगी बढी भएपछि काम नहुँदा यत्तिकै समय विताउनु परेको ति कर्मचारीको भनाई छ ।

चुरेका बोर्ड सदस्य काठमाडौंमा प्रदेश इकाइमा २० हजार खर्च गरेर क्वाटर

राष्ट्रपति चुरेको कार्यालय खुमलटारमा भएकाले सबै बोर्ड सदस्य प्राय काठमाडौंमै बस्छन् । उनका लागि चार इकाइमा मासिक २०÷२० हजार रुपैया खर्च गरेर क्वाटरको व्यवस्था गरिएको छ । महिनामा एक पटक पुग्नै पर्ने नियम भएपनि दुई÷तीन महिनामा एक पटक झुल्किने गरेका छन् । जसले गर्दा क्वाटरका लागि छुट्याएको बजेट खेरा जाने गरेको छ । ‘चुरेका पाँच इकाइमध्ये चार इकाइमा बोर्ड सदस्यलाई क्वाटरको व्यवस्था छ । बजेटले भ्याएसम्म २० हजारमा दुई÷तीन त्यो भन्दा बढी हुनेगरी कोठाको लिएको छ’ राष्ट्रपति चुरेका एक अधिकृततहका कर्मचारीले भने, ‘उहाँहरु मन लागे इकाइमा जानुहुन्छ नभए यहीँ काठमाडौंमै बस्नुहुन्छ । इकाइको क्वाटर उहाँहरुको फुर्ददमा रिफ्रेस हुन जाने जस्तै भयो ।’ बोर्ड सदस्यका लागि छुट्टयाएको क्वाटरको पैसा सदुपयोग भन्दा बढी दुरुपयोग भई रहेको ति कर्मचारीले बताए ।

तर, बोर्डको एक सदस्यले आफू समेत इकाइमा जान नपाएको गुनासो गरे । ‘हामीलाई फिल्डमा गएर काम देखाउन मन छ । केही गरौं भन्ने हुटहुटी छ’ ति बोर्ड सदस्यले भने, ‘अध्यक्ष ज्यूले फिल्डमै जान दिनुहुन्न । आफैं कर्मचारीसंग मिलोमतो गरेर पैसा खर्च गर्न पाउने भएकाले हामीलाई इकाइमा जान दिनुहुन्न ।’ पौडेलले सबै इकाइमा बजेटमा हालीमुहाली गर्न आफूहरुलाई फिल्डमा जान नदिएको ति बोर्ड सदस्यको भनाई छ । बोर्ड सदस्य भएपनि कामै गर्न नदिएको उनीहरुले गुनासो गरेका छन् ।

कोसी प्रदेशका लागि मोरङको सलकपुरमा इकाइ राखिएको छ । उक्त इकाइ हेर्न बोर्ड सदस्य कमला ओली शिवाकोटीलाई जिम्मेवारी दिएको छ । उनी फिल्डमा जान नपाएको धेरै भई सकेको छ । फिल्डमा जान नपाएपछि प्राय यतै बस्ने गरेकी छन् । बोर्ड सदस्य ओलीका लागि मासिक ११ हजार ५ सय रुपैया तिरेर क्वाटरको व्यवस्था गरिएको इकाइका लेखापाल बेधनिधी नेपालीले बताए । सलकपुर इकाइमा सात जना कर्मचारी भएपनि एक जना हलुका सवारी चालक र दुई जना कार्यालय सहयोगी राखिएको छ । सात जना कर्मचारीमा दुई कार्यालय सहयोगी राखेर दुरुपयोग गरिएको छ ।

यस्तै मधेस प्रदेशका लागि जनकपुरमा इकाई हेर्न बोर्ड सदस्य शसिकुमार शर्मालाई जिम्मेवारी दिएको छ । उनी समेत प्राय काठमाडौंमै बस्ने गरेका छन् । बोर्ड सदस्य शर्माका लागि मासिक १८ हजार ५ सय रुपैया तिर्नेगरी क्वाटरको व्यवस्था गरेको इकाइका उपसचिव हरि पोखरेलले बताए । बाग्मती प्रदेश हेर्नेगरी चितवनमा इकाईमा भने पहिलेदेखि नै क्वाटरको व्यवस्था गरिएको छैन ।

यस्तै लुम्बिनी प्रदेश हेर्नेगरी रुपन्देही बुटवलमा इकाई राखिएको छ । उक्त इकाइ हेर्नेगरी शुष्मा ढकाललाई जिम्मेवारी दिएको छ । ढकाल प्राय काठमाडौंमै बस्ने गरेपनि कार्यालयले क्वाटरको व्यवस्था छ । ढकालका लागि मासिक १४ हजार ५ सय रुपैया तिरेर क्वाटरको व्यवस्था छ । उनको क्वाटर खर्चमा १४ हजार ५ सय रुपैया तिर्ने गरेपनि अरु सञ्चार, खानेपानी लगायत विविध खर्च गरेर २० हजार रुपैया खर्च हुने गरेको इकाईका एक कर्मचारीले बताए ।

यस्तै सुदुरपश्चिम प्रदेश हेर्नेगरी कैलालीको लम्कीमा इकाई हेर्नेगरी बोर्ड सदस्य भेषराज आचार्यलाई जिम्मेवारी दिएको छ । इकाइमा ९ जना कर्मचारी भएपनि एक जना हलुका सवारी चालक र दुई जना कार्यालय सहयोगरी राखिएको छ । बोर्ड अध्यक्ष पौडेल र इकाइ प्रमुखको मिलोमतोमा आफन्तलाई जागिर खुवाउन दुई जना कार्यालय सहयोगी राखिएको बताएको छ । बोर्ड सदस्य आचार्यका लागि मासिक २० हजार रुपैया खर्च गरेर क्वाटरको व्यवस्था गरेको इकाइका उपसचिव हरिबसं आचार्यले बताए । उनी काठमाडौंमा भएपनि काम परेको बेला मात्रै फिल्डमा जाने गरेका छन् । केन्द्रबाट छुट्टाएको बोर्ड सदस्यको मासिक २० हजार रुपैया क्वाटरमा खर्च गर्ने गरेको आचार्यको भनाई छ ।

  • मिसन संवाददाता
  • सोमवार, पुस २, २०८० ११:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्