नवनियुक्त मन्त्रीहरूले लिए शपथ

  • मिसन संवाददाता
  • सोमवार, जेष्ठ ८, २०८० १८:१९
नवनियुक्त मन्त्रीहरूले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशका  नवनियुक्त मन्त्रीहरूले  शपथ ग्रहण गरेका छन् ।

नेपाली कांग्रेसका राजु खनाल स्वास्थ्य मन्त्री, जसपाका भण्डारीलाल अहिर कृषि तथा भूमि व्यवस्था र जनमत पार्टीका चन्द्र केश गुप्ताले शपथ ग्रहण गरेका हुन् । गुप्ता यसअघि  सामाजिक विकास मन्त्री थिए भने  अहिर कृषि मन्त्रीको जिम्मेवारीमा थिए ।

त्यस्तै  खनाललाई  सोमबार मात्रै मन्त्रीको जिम्मेवारी दिइएको हो । मुख्यमन्त्री चौधरीले विना विभागीय मन्त्रीहरूलाई पनि जिम्मेवारी तोकेका छन् । जसअनुसार विनाविभागीय मन्त्री धनबहादुर मास्कीलाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ ।

यस्तै लोसपाका सन्तोषकुमार पाण्डेयलाई  आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

उनीहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले सोमबार शपथ ग्रहण  गराएका हुन् ।

  • मिसन संवाददाता
  • सोमवार, जेष्ठ ८, २०८० १८:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट