सडक उद्घाटन गर्न रवि लामिछाने बेलायततिर ?

  • मिसन संवाददाता
  • मङ्लबार, पुस ३, २०८० ११:२८
सडक उद्घाटन गर्न रवि लामिछाने बेलायततिर ?

आमा न मामा, बाबु न काका– दिने कोही नभएपछि खोज्दै हिँड्नुपर्ने चटारोमा छन्, रवि लामिछाने !यताउता गरेर चितवनमा ६ अर्ब रुपैयाँ खन्याए पनि भोटचाहिँ घण्टीतिर गइरहेको दुःख प्रधानमन्त्री प्रचण्डले रविसँगै बिसाउनुभएको छ ।

उनीचाहिँ ‘पैसा खोज्न’ नेपाली राहदानी बोकेर पत्नीसहित मलेसिया, बेलायततिर लागेका छन् । चुनावको बेला सामाजिक सञ्जालमार्फत विदेशमा रहेका नेपालीको ‘सेन्टिमेन्ट क्यास’ गरेजस्तो अहिले फेरि उनी ‘पपुलिष्ट पोलिटिक्स’ का निम्ति उद्यत भएका हुन् । बेलायत पुग्ने निहुँ हो, त्यहाँका ३० नेपाली मिलेर खोलेको एउटा सामुदायिक कोलोनी पस्ने सडक ‘उद्घाटन’ गर्नु । तर चौतर्फी हाँसोपछि अहिले शब्द फेरेर ‘अवलोकन’ बनाइएको छ । मलेसिया बस्ने नेपालीलाई पनि उनले ‘मलाई साथ देऊ, म देश बनाउँछु’ भन्दै छन् । ‘भ्रष्टाचार गर्दैनौं, भ्रष्टाचारको पैसा पचाउन दिन्नौं’ भन्दै उनी त्यहाँ पुगेका हुन् । यता, पार्टी कार्यालय चलाउन मासिक १० लाखले पनि नपुग्ने भएपछि विदेशबाट चन्दा संकलन बाध्यता बनेको छ ।

उनले केही दिनअघि कार्यकर्ताबीच भनेअनुसार, प्रधानमन्त्रीलाई भेट्दा उहाँले यताउता गरेर ६ अर्ब रुपैयाँ चितवनमा खन्याए पनि उपलब्धी नभएको सुनाउनुभयो । उनको दावी छ, प्रचण्ड अहिले हतास मनस्थितिमा हुनुहुन्छ । उहाँले जेठी छोरी रेणुलाई चितवनको क्षेत्र नं. ३ बाट सांसदमा उठाउने र कान्छी गंगालाई भरतपुरको मेयरमा उठाउने ध्याउन्न राख्नुभएको छ । उनले ‘त्यसलाई काउण्टर दिनुपर्छ’ भनेका छन् ।

केसम्म भने, चितवनको उपचुनावका मुखमा रविको निजी सवारी चालक शम्भु चैत २७ गते सोमबार बिहान ४ बजे भरतपुर– ११ स्थित रवि बसेकै घरको छतबाट खसेर घाइते भए । त्यहीं मृत घोषणा गर्दा १० गतेको चुनावलाई प्रभाव पार्न अरू दलले लास घुमाउने र शालिकराम पुडासैनी प्रकरणमा झैं किटानी जाहेरी पर्ने डरले केही दिन जबर्जस्ती त्यहीँको पुरानो मेडिकल कलेजभित्र भेन्टिलेटरमा राखियो र त्यहीँ ल्याएपछि पनि पोष्टमार्टम गर्दा कुरा खुल्ने डरले हतारहतार प्राइभेट कम्पनीको हेलिकप्टर प्रयोग नगरी सेनाको हेलिकोप्टरमा हालेर ललितपुरस्थित मेडिसिटी अस्पताल लगियो ।

चुनाव सकेपछि बल्ल त्यहाँ वैशाख १९ गते मंगलबार उनलाई मृत घोषणा गरियो । त्यहीबेला उनले पत्नी निकितालाई ‘किटानी जाहेरी दिएर मलाई फेरि थुन्ने भए ।’ ‘मैले चितवन छोडेँ, चुनाव पनि हापेँ, म लास्ट अवस्थामा पुगेँ’ भन्दै विरक्ति पोखेका थिए । त्यसपछि अस्पतालको भेन्टिलेटरमा राखेर चुनाव नसकिञ्जेलसम्म मृत घोषणा नगर्ने भन्ने सरसल्लाह पनि भयो ।

तारतम्य मिलाउन समय लागेकोले बारातिर रमेश खरेलको प्रचारमा गएनन् र चालकलाई भेन्टिलेटरमै राखेर मृत घोषणा पनि गरिएन । यी सारा घटनाक्रम हेर्दा राजनीतिमा अरुलाई मात्र छक्कापञ्जा गर्ने, नौटंकी गर्ने भनी सत्तोसराप गर्नेहरूले पनि आफूलाई परेको बेला केसम्म गर्ने रहेछन् भन्ने छर्लङ्ग भएको छ । जनआस्था साप्ताहिकमा समाचार छ ।

  • मिसन संवाददाता
  • मङ्लबार, पुस ३, २०८० ११:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट