दोलखाको शैलुङमा एक करोड ६२ लाखको झोर खोला सिँचाइ १५ वर्षदेखि अलपत्र !

  • मिसन संवाददाता
  • बुधबार, पुस ४, २०८० 0९:२४
दोलखाको शैलुङमा एक करोड ६२ लाखको झोर खोला सिँचाइ १५ वर्षदेखि अलपत्र !

दोलखाको सैलुङ गाउँपालिका–८ मा करिब डेढ दशक अघि करोडौँको लगानीमा निर्माण सुरु भएको झोर खोला सिँचाइ योजना कागजी रूपमा सम्पन्न भनिए पनि सामान्य वादविवाद र प्राविधिक कमजोरीले सञ्चालनमा आउन सकेको छैन ।

गत २०६५ सालदेखि निर्माण सुरु भएको एक करोड ६२ लाख रुपियाँ खर्च भएको यो योजना सञ्चालनमा आउन सकेको छैन ।

साढे तीन हजार किसानहरू लाभान्वित हुने यो योजना अलपत्र परेको छ। कागजी कामले सम्पन्न भए तापनि केही उपभोक्ताले प्राविधिकलाई समेत बाध्यमा पारेर पाइप गाड्नै नसकिने पहरोबाट पाइप लगिँदा अहिले पानीको भार थेग्न नसकेर पाइप झोलिएर पानी जान नसक्ने भएपछि निर्माण सुरु भएको १५ वर्षपछि केही तलबाट पक्की पिलरबाट पानी लान काम सुरु भएको छ ।

जिल्ला स्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका अनुसार यो योजना गत २०७३ सालमा पुनः सुरु भएको हो । एक वर्षमा सम्पन्न हुनुपर्ने ,योजना २०७४, ०७५, ०७७ गरी तीन पटक म्याद थपिएको छ । समय लम्बिँदै जाँदा योजनामा निर्माण भएको झोलुङगेपुल बिग्रनुका साथै ठाउँ ठाउँमा पाइप छुटिएका छन् । भएका कामको मूल्याङ्कन गर्दै सम्झौता भएको एक करोड २३ लाख १८ हजार २५१ मध्ये एक करोड २० लाख २३२ रुपियाँ ठेकेदारले भुक्तानी पाइसकेको छ । साँढेको जुधाइ बाछाको मिचाइ हुँदा असली किसान मारमा परेका छन् । सरकारी लगानी बालुवामा पानी हाले झैँ भएको देखिन्छ ।

 

  • मिसन संवाददाता
  • बुधबार, पुस ४, २०८० 0९:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट