एनसेलबारे राज्य व्यवस्था समितिले बैठक राखेपछि लेखा समितिको गुनासो

  • मिसन संवाददाता
  • बुधबार, पुस ४, २०८० १५:४६
एनसेलबारे राज्य व्यवस्था समितिले बैठक राखेपछि लेखा समितिको गुनासो

एनसेलको सेयर खरिद बिक्रीबारे छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बसेकोप्रति सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले प्रश्न उठाएका छन्। राज्य व्यवस्था समितिको बैठक मंगलबार बसेको थियो।

बुधबार फेसबुकमा एक स्टाटस लेख्दै पोखरेलले भनेका छन्, ‘सरकारी सुण्ड मसुण्डहरु सार्वजिक लेखा समितिले गरेको एनसेल भष्ट्राचार काण्ड सम्बन्धी निर्णयलाई र सरकारलाई दिएको दबाबलाई कमजोर बनाउन र भष्ट्राचारलाई छोप्न, आफ्नो कार्यक्षेत्रभन्दा बाहिर विभिन्न संसदीय समितिहरुमार्फत् विषय बंग्याउने र जनतालाई भ्रम छर्ने कामको खेद व्यक्त गर्दछु र जनतालाई सचेत हुन अपिल गर्दछु!’

पोखरेलले स्टाटसमा कुनै समितिको नाम लिएका छैनन्।

सार्वजनिक लेखा समितिको गत मंसिर २२ मा बसेको बैठकले सरकारलाई निर्देशनहरू दिएको थियो। ‘एनसेलको ८० प्रतिशत सेयरको खरिद बिक्री वा हक हस्तान्तरणको सम्बन्धमा विस्तृत् रुपमा अनुसन्धान गरी निष्कर्षमा पुग्नुपर्ने भएकोले अनुसन्धान गरी निष्कर्षमा नपुगुञ्जेल अवधिभरका लागि यस सेयर खरिद बिक्री कारोबार सम्बन्धी कार्यलाई यथास्थितिमा राख्न (रोक्न), तथा यस विषयमा वास्तविकता तथा यथार्थता पहिचान गर्नका लागि ३० दिनभित्र कार्य सम्पादन गर्ने गरी तत्काल स्वतन्त्र अनुसन्धान गर्न, गराउन समितिको यो बैठक नेपाल सरकारलाई निर्देश गर्दछ’, समितिको निर्णयमा भनिएको थियो।

 

  • मिसन संवाददाता
  • बुधबार, पुस ४, २०८० १५:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट