सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त, भोलि शपथ

  • मिसन संवाददाता
  • बुधबार, पुस ४, २०८० १८:४३
सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त, भोलि शपथ

सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त भएका छन्। नवनियुक्त न्यायाधीशहरूमा सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकाल छन्।

न्यायपरिषदको सिफारिसमा उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेको शीतलनिवासबाट प्रकाशित विज्ञप्तिमा उल्लेख छ।

बुधबार बिहान सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले ती सबै न्यायाधीशको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो। न्यायपरिषद्‍को सिफारिसपछि उनीहरूबारे गत मंसिर २४ गतेदेखि संसदीय समितिमा सुनुवाइ अघि बढेको थियो। न्यायपरिषद्ले मंसिर ५ गते ६ जना न्यायाधीशको नाम सिफारिस गरी संसदीय अनुमोदनका लागि पठाएको थियो।

सुवेदी, मुसलमान, पौडेल र ढुंगाना उच्च अदालतका न्यायाधीश हुन्। पोखरेल र ढकाल वरिष्ठ अधिवक्ता हुन्। सर्वोच्चमा अझै एक न्यायाधीश पद रिक्त छ। सर्वोच्चमा २१ न्यायाधीशको दरबन्दी छ। लामो समयदेखि न्यायाधीश संख्या अपुग हुँदा न्याय सम्पादनको काम प्रभावित छ।

  • मिसन संवाददाता
  • बुधबार, पुस ४, २०८० १८:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट