उपमेयरको गाडीमा कसले आगो दन्कायो ?

  • मिसन संवाददाता
  • आइतवार, पुस ८, २०८० १0:२४
उपमेयरको गाडीमा कसले आगो दन्कायो ?

महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर चढ्ने गाडीमा गएराति आगजनी भएको छ । उपमेयर रेनुकुमारी महतो चढ्ने प्र २-००२-०००१ झ ०००५ नम्बरको बुलेरो गाडीमा आगजानी भएको हो ।

गौशाला नगरपालिका-१ रामनगरमा उपमेयरकै घरमा पार्किङ गरेर राखिएको गाडीमा राति २ बजेतिर अज्ञात व्यक्ति पेट्रोल छर्केर अगो लगाएका हुन् ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले अज्ञात व्यक्तिले पेट्रोल छर्केर अगाजानी गरेको बताए ।

उनका अनुसार आगलागी समयमै नियन्त्रण गर्दा पनि देब्रे छेउको गाडीको पछाडिको टायर र अगाडिको टायरमा क्षति पुगेको छ । घटनास्थलबाट एकवटा दुई लिटरको पेट्रोल राख्ने बोतल बरामद भएको छ ।

यसअघि पनि उपमेयरलाई कार्यकक्षमा नै आक्रमण प्रयास भएको थियो। गाैशाला वडा न.२ निगौलस्थित निर्माणाधिन धर्मशालाको बिषयमा न्यायिक छलफल भैइरहेको वेला उपमेयर रेणु कुमारी महतोमाथी कार्यकक्षमा नै आक्रमण प्रयास भएको हो ।

  • मिसन संवाददाता
  • आइतवार, पुस ८, २०८० १0:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट