गण्डकी प्रहरी प्रमुख डिआईजी खनालद्वारा पदभार ग्रहण

  • मिसन संवाददाता
  • सोमवार, माघ १, २०८० १८:५५
गण्डकी प्रहरी प्रमुख डिआईजी खनालद्वारा पदभार ग्रहण

गण्डकी प्रहरीको नयाँ प्रमुखका रुपमा आएका ‍प्रहरी नायव महानिरीक्षक (डीआइजी) विकासराज खनालले पदभार ग्रहण गरेका छन्।

डीआईजी बुद्धिराज गुरुङ्ग सरुवा भएर गएपछि आएका केसीले आइतवार पदभार ग्रहण गरेका हुन्। खनाललाई प्रदेशस्थित वरिष्ठ प्रहरी अधिकृत र कर्मचारीले स्वागत गरेका थिए। पदभार ग्रहण पश्चात प्रहरी नायव महानिरीक्षक खनालले गण्डकी प्रदेशको बस्तुस्थिति, जनशक्तिको बारेमा जानकारी लिएका थिए।

प्रदेश प्रहरी प्रमुख खनालले तस्करी नियन्त्रण गर्ने, पिडितलाई प्राथमिकतामा राखी प्रदेशको शान्ति सुरक्षा कायम गर्ने, वस्तुनिष्ट अपराध अनुसन्धान गर्ने, विगतदेखि पेण्डिङमा रहेका मुद्धाहरुको अनुसन्धान गर्ने, फरार अपराधी पक्राउ गर्ने, प्रहरी कर्मचारीको मनोवलमा बृद्धि गरी कार्यमा लगाउन उत्प्रेरणाका क्रियाकलाप संचालन गर्ने लगायतको विषयहरु आफ्नो प्रमुख प्राथमिकताका क्षेत्रहरु भएको हुँदा सोही अनुसार कार्यसम्पादन गर्न गराउन हुन कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिएका थिए ।

  • मिसन संवाददाता
  • सोमवार, माघ १, २०८० १८:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट