यमुनामाईमा अध्यक्षको गुण्डाराज : प्रहरीको स्कर्टिङ्गमा हाजिर भए प्रमुख प्रशासकीय अधिकृत

  • मिसन संवाददाता
  • सोमवार, पुस ९, २०८० 0९:२८
यमुनामाईमा अध्यक्षको गुण्डाराज : प्रहरीको स्कर्टिङ्गमा हाजिर भए प्रमुख प्रशासकीय अधिकृत

रौतहटको यमुनामाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा ओमप्रकाश यादव आइतबार हाजिर भएका छन् । उनी प्रहरीको सुरक्षा लिएर पालिकामा हाजिर भएका हुन् ।

गत मङ्सिर २२ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यमुनामाईको प्रमुख प्रशासकीय अधिकृत रामश्रेष्ठ राय यादवको ठाउँमा ओम प्रकाश यादवलाई जिम्मेवारी दिएको थियो । मन्त्रालयको पत्रसहित हाजिर हुन गएका यादवलाई गाउँपालिका अध्यक्ष मोहम्मद सऊदले हाजिर नगराउने भन्दै मन्त्रालयको नाउँमा पत्र दिएर यादवलाई फिर्ता पठाएका थिए । महम्मद साउदले गाउँपालिकामा गुण्डाराज चलाएको एक स्थानियले बताए ।

त्यसपछि यादवले उच्च अदालत जनकपुर अस्थायी इजलास बीरगंजमा लिखित उजुरी दिएका थिए । अदालतको आदेशपछि आइतबार कार्यालयमा हाजिर हुन गएका यादवलाई गाउँपालिका अध्यक्षका समर्थकले कार्यालयको मुख्य गेटमा बसेर अवरोध गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत यादवलाई हाजिर हुन नदिन जनप्रतिनिधि र उनीहरुका समर्थक धर्नामा बसेपछि प्रहरीले सुरक्षा दिएर उनलाई कार्यालयमा प्रवेश गराएको हो ।

  • मिसन संवाददाता
  • सोमवार, पुस ९, २०८० 0९:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट