बालुवाटारमा जुट्यो समाजवादी मोर्चा

  • मिसन संवाददाता
  • बुधबार, पुस ११, २०८० 0९:४९
बालुवाटारमा जुट्यो समाजवादी मोर्चा

समाजवादी मोर्चाको बैठक बसिरहेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चार दलीय समाजवादी मोर्चाको बैठक सुरू भएको हो।

केही बेरअघि सुरू भएको बैठकमा समाजवादी मोर्चाको संरचना विस्तार आगामी कार्ययोजनाबारे छलफल भइरहेको बताइएको छ। पछिल्लो समय निष्क्रिय रहेको मोर्चालाई क्रियाशील तुल्याउन घटक दलहरू सक्रिय भएको छन्।

गत असारमा गठन भएको मोर्चाले यसअघि सातै प्रदेशमा सभा आयोजना गरेर मोर्चा गठनको औचित्य बताइसकेको छ। त्यस्तै जिल्ला–जिल्ला र पालिका तहसम्म संगठन विस्तार गर्ने उसको लक्ष्य छ।

मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी छन्।

  • मिसन संवाददाता
  • बुधबार, पुस ११, २०८० 0९:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट