पर्यटनकर्मी डिएन घिसिङको पहलमा अस्ट्रेलियाको हुमे सिटी र नेपालको नमोबुद्व नगर बिच भगिनी नगर स्थापना हुने।

  • मिसन संवाददाता
  • शनिबार, माघ ६, २०८० ११:१७
पर्यटनकर्मी डिएन घिसिङको पहलमा अस्ट्रेलियाको हुमे सिटी र नेपालको नमोबुद्व नगर बिच भगिनी नगर स्थापना हुने।

अस्ट्रेलिया स्थित भिक्टोरिया राज्यमा रहेको हुमे सिटी काउन्सिल र नेपालको बागमती प्रदेश अन्तर्गत रहेको नमोबुद्व नगरपालिका बिच भगिनी सम्बन्ध स्थापना हुने भएको छ।

अस्ट्रेलियामा पर्यटन ब्यबसाय संचालन गर्नु भएका डिएन घिसिङले भगनी शहर स्थापना गर्न कुटनैतिक तहमा समेत छलफल शुरुआत गर्नु भएको छ। दुई शहरबिच मैत्रीपुर्ण मित्रता स्थापना गर्न प्रारम्भिक चरणमा सकारात्मक रहेकोले आफू उत्साहित भएको पर्यटन ब्यबसायी घिसिङले जनाए।नेपालको ग्रामीण भेगको बिकासमा मितेरी शहर अबधारणले सामाजिक र आर्थिक परिवर्तनमा कोशे ढुङ्गा साबित हुने घिसिङले बताए।

मुलतःसास्कृतीक,कृषि,पर्यटन र खनिज उत्पादन लगाएतमा बिषयमा बस्तुगत अध्ययन गर्न अस्ट्रेलिया बाट प्रस्तावित प्रतिनिधि हाम्जा वारियो र जिम लिमार्डले नमोबुद्व नगरपालिकामा भ्रमण गर्नु भएको छ।यस अगि बागमती प्रदेशका खानेपानी सिचाइ र उर्जा मन्त्री तिर्थ लामाले आफ्नो तहबाट सहजीकरणमा सक्दो सहयोग गर्ने बताउनु भयो। मन्त्रीलामाले कृषि तथा खानेपानी क्षेत्रमा अस्ट्रेलियाका प्रतिनिधि मन्डललाई सहकार्य गर्न आग्रह गर्नु भयो। आफू प्रजातन्त्रमा बिश्वास राख्ने भएकाले प्रजातान्त्रिक मुलुक अस्ट्रेलिया सग सहकार्य गर्न रुची रहेको मन्त्री लामाले बताउनु भयो।

अस्ट्रेलियाका नागरिक प्रतिनिधिले नमोबुद्व नगरपालिकाको भ्रमण अबलोकन गरेका थिए।सोही अबसरमा नमोबुद्वनगरपालिकाका मेयर कुनसाङ्ग लामाले हाम्जा वारियोलाई अभिनन्दन गर्दौ अस्ट्रेलियाका लागी नगरको तर्फबाट मानर्थ सदभावना प्रतिनिधिको रुपमा समेत नियुक्त समेत गरेका थिए। एक कार्यक्रम माझ भएको सो कार्यक्रम मेयर लामाले आफू अत्यन्तै उत्साहित भएको र आफ्नो कार्यकालमा नवीनतम प्रयोग गरेर नगरलाई थप आधुनिक बनाउने योजना रहेको बताए मेयर लामाले बताए। सम्मानित भएपछि अस्ट्रेयाली प्रतिनिधि हाम्जा वारियोले खुशी व्यक्त गरेका थिए।

चाडै अस्ट्रेलियाको स्थित हुमे सिटीका जनप्रतिनिधि र नमोबुद्व नगरपालिकाका जनप्रतिनिधि भेटबार्ता गराउन पहल गर्ने बताए।साथै अस्ट्रेलियाका बिज्ञ समुह सहित नेपालमा पुनःभ्रमण गर्ने कार्यक्रम रहेको अस्ट्रेलियन नागरिक हाम्जाले बताए। सोही अबसरमा अस्ट्रेलियाका कृषि बिज्ञ जिम लीमार्डले ग्रामिण बिकासमा कृषि उत्पादनको मह्त्व बारे अर्थ्याएका थिए।

नमोबुद्व नगरपालिकाको प्रशासकीय भबनमा आयोजित बाताबरण अधिकृत सन्तोष काफ्लेले संचालन गर्नुभएको सो कार्यक्रममा नगर उप-मेयर लामा रत्न बहादुर लामा,प्रशासकिय इशरी प्रसाद शर्मा ,सगरमाथा आरोही आङ कामी शेर्पा साथै उधमीहरु र नगरपालिकाका शाखाप्रमुखहरु उपस्थिति रहेका थिए।

  • मिसन संवाददाता
  • शनिबार, माघ ६, २०८० ११:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट