नागरिक उन्मुक्तिको महाधिवेशन सुरु : श्रीमान-श्रीमती नै अध्यक्षका दाबेदार

  • मिसन संवाददाता
  • बिहिबार, पुस २६, २०८० १९:११
नागरिक उन्मुक्तिको महाधिवेशन सुरु : श्रीमान-श्रीमती नै अध्यक्षका दाबेदार

नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन कैलालीको टीकापुरमा सुरु भएको छ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले महाधिवेशनको उद्घाटन गरे।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउत पनि महाधिवेशन उद्घाटन सत्रमा सहभागी भएका छन्।

देशभरबाट करिब ८ हजार महाधिवेशन प्रतिनिधि सहभागी हुने उन्मुक्तिको दाबी छ। तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी दम्पतीले आकांक्षा देखाएको नेताहरू बताउँछन्। हाल रेशमकी श्रीमती रञ्जिता उन्मुक्तिकी अध्यक्ष छन्। चौधरी संरक्षक छन्।

३९ पदाधिकारीसहित २४१ जना केन्द्रीय कमिटी गठन गर्ने उन्मुक्तिको तयारी छ।

  • मिसन संवाददाता
  • बिहिबार, पुस २६, २०८० १९:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट