एकीकृत समाजवादीको दोस्रो राष्ट्रिय परिषद् बैठक आजदेखि

  • मिसन संवाददाता
  • आइतवार, माघ १४, २०८० 0९:३७
एकीकृत समाजवादीको दोस्रो राष्ट्रिय परिषद् बैठक आजदेखि

नेकपा (एकीकृत समाजवादी) को दोस्रो राष्ट्रिय परिषद्को बैठक आज (आइतबार)देखि सुरु हुँदैछ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज बिहान ११:३० बजेदेखि सुरु हुने बैठक भोलिसम्म चल्ने छ। बैठकमा देशभरबाट करिब एक हजार प्रतिनिधि सहभागी हुने सो पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

एकीकृत समाजवादीले पार्टीको विधान मस्यौदामाथि छलफलका लागि बैठक बोलाएको हो। एकीकृत समाजवादीले यसअघि नै सचिवालय र केन्द्रीय कमिटी बैठकमा विधान मस्यौदामाथि छलफल गरिसकेको छ।

एकीकृत समाजवादीले विधानको मस्यौदा तयार पार्न उपाध्यक्ष बेदुराम भुसालको संयोजकत्वमा महासचिव घनश्याम भूसाल र उपमहासचिव प्रकाश ज्वाला सदस्य रहेको समिति बनाएको थियो।

  • मिसन संवाददाता
  • आइतवार, माघ १४, २०८० 0९:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट