ज्ञानेन्द्र शाहीको प्रश्न : महरा चोक्खिने, सन्दिप जेल जाने ?

  • मिसन संवाददाता
  • बिहिबार, पुस २६, २०८० २0:२९
ज्ञानेन्द्र शाहीको प्रश्न : महरा चोक्खिने, सन्दिप जेल जाने ?

बलात्कार मुद्दामा दोषी ठहर्‍याइएका क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले आठ वर्ष कैद सजाय सुनाएको भोलिपल्ट सांसद ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमार्फत त्यसमा प्रतिक्रिया दिए ।

कृष्णबहादुर महराको नाम जोडेर उनले लेखे, ‘मुद्दाको प्रकृति एउटै तर फैसला फरक किन ?
सम्मानित अदालतललाई म सम्मान गर्छु तर पुर्ब सभामुख कृष्ण बहादुर महरा र अन्तर्राष्ट्रिय स्तरमा नेपाल र नेपाली लाई चिनाउने खेलाडी सन्दीप लामिछानेको मुद्दामा फरक के थियो त ?
१). महरा पीडितको घर मै गएका थिए भने सन्दीप होटलमा
२. ) महराले रक्सी पिएर पीडितलाई मरणासन्न हुनेगरी पिटेका पनि थिए तर सन्दीपले त्यसो गरेका थिएनन् ।
त्यसो भए महरालाई चोख्याएको न्यायलयले सन्दीपलाई चै किन ८ बर्ष जेल सजाय तोकेको ?
सन्दीपले ८ बर्ष जेल बस्नुपर्छ भने महराले चै किन बस्नुपरेन ???
न्याय सबैलाई बराबर हुनु प्रने होईन र ?’

पूर्वसभामुख कृष्णबहादुर महरातिर संकेत गर्दै शाहीले ‘हराले रक्सी पिएर पीडितलाई मरणासन्न हुनेगरी पिटेका पनि थिए तर सन्दीपले त्यसो गरेका थिएनन्’ भन्दै सन्दीपप्रति सहानुभूति प्रकट गरेका छन् ।

क्रिकेटर लामिछानेलाई अदालतले ८ वर्ष कैद सजायको निर्णय गरेपछि कानुन निर्माता र समाजका प्रतिष्ठित व्यक्तिहरुले नै फौजदारी कानुनको आधारभूत सिद्धान्त नबुझी टिप्पणी गरेका हुन् ।

अदालतले तथ्य, प्रमाण, वादी–प्रतिवादीका बयान र संसदले बनाएको कानुनको आधारमा दोषी ठहर्‍याएका व्यक्तिप्रति सांसदहरुले नै अनुराग देखाउँदा कतिपय चकित बन्न पुगेका छन् ।

  • मिसन संवाददाता
  • बिहिबार, पुस २६, २०८० २0:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट