राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाको संयोजकमा दोलखाका सफल व्यवसायी दिनेश वस्नेत सर्वसम्मत चयन भएका छन् । शुक्रबार सदरमुकाम चरिकोटमा भएको पहिलो जिल्ला भेलाले वस्नेतको नेतृत्वमा २७ जनाको कार्यसमिति र ११ जनाको सचिवालय समिति चयन गरेको बताईन्छ । भेलामा बागमती अध्यक्ष अच्युतम लामिछाने सहभागी थिए ।
रास्वपाको सचिवमा रमेश श्रेष्ठ चयन भएका छन् । संयोजक चयन भएका बस्नेतको राजनीतिक पृष्ठभुमि एमाले हो । एमालेले उद्योग वाणिज्य संघको अध्यक्षको टिकट नदिएपछि उनी निष्क्रिय थिए । सचिव श्रेष्ठ पुर्व सेना हुन् ।
गत प्रतिनिधिसभाको निर्वाचनमा रास्वपा दोलखामा प्रत्यक्ष तर्फ तेश्रो भएको थियो । रास्वपाका उम्मेदवार जगदीश खरेलले ३८०१ मत ल्याएका थिए । समानुपातिक तर्फ भने रास्वपा ५, ५६६ मत ल्याएर चौथो भएको थियो ।