महिलाले नेतृत्व र व्यवस्थापन गरेको सहकारी जिल्ला कै उत्कृष्ट

  • मिसन संवाददाता
  • शनिबार, पुस २८, २०८० १0:0७
महिलाले नेतृत्व र व्यवस्थापन गरेको सहकारी जिल्ला कै उत्कृष्ट

परोपकार महिला बचत तथा ऋण सहकारी संस्था दोलखा जिल्लाकै उत्कृष्ट सहकारी संस्था घोषित भएको छ । बिहिबार सम्पन्न जिल्ला वचत तथा ऋण सहकारी संघको २५ औं वार्षिक साधारण सभामा परोपकार महिला सहकारी जिल्लाकै उत्कृष्ट सहकारीको रुपमा सम्मानित भएको हो ।

२०६८ सालमा ५० जना महिला शेयर सदस्यहरुबाट शुरु गरिएको संस्थाको वचत, ऋण लगानी, वित्तिय सुशासन लगायतका सुचकहरुलाई आधार मानेर गरिएको मुल्यांकनमा परोपकार महिला साकोस जिल्लाकै उत्कृष्ट सहकारी घोषणा भएको हो ।

महिलाहरु मात्रै सदस्य भएको र महिलाहरुले मात्र व्यवस्थापन गर्दै आएको जिल्ला कै उत्कृष्ट महिला सहकारी संस्थामा हालसम्म २ हजार १ सय १४ जना महिला आवद्ध छन् । सहकारीका अध्यक्ष सर्मिला सापकोटाका अनुसार हालसम्म संस्थाको कुल पूँजि १४ करोड ८८ लाख ८३ हजा र ६५ रुपैँया रहेको छ ।

  • मिसन संवाददाता
  • शनिबार, पुस २८, २०८० १0:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट