प्रधानमन्त्री छाडेर जसिन्डा आर्डर्नले गरिन बिहे

  • मिसन संवाददाता
  • आइतवार, पुस २९, २०८० 0८:0१
प्रधानमन्त्री छाडेर जसिन्डा आर्डर्नले गरिन बिहे

न्युजिल्यान्डका पूर्वप्रधानमन्त्री जसिन्डा आर्डर्न र क्लार्क गेफोर्डले शनिबार विवाह गरेका छन्।

न्युजिल्याण्डको नर्थ आइल्याण्डको हक्स बेमा कडा सुरक्षाबीच सो समारोह आयोजना गरिएको थियो। समारोहमा पूर्वप्रधानमन्त्री क्रिस हिपकिन्स पनि उपस्थित थिए। परिवारका सदस्यहरू, साथीहरू र केही नजिकका राजनीतिज्ञ सहकर्मीहरूको उपस्थितिमा आयोजित सानो समारोहमा उनको विवाह भएको हो।

आर्डर्न र गेफोर्डबीचको लगभग पाँच वर्षको सम्बन्ध विवाहमा परिणत भएको बताइएको छ। उनीहरू बीच सन् २०२२ मा विवाहको मिति तय भएको थियो तर कोभिड-१९ महामारीका कारण स्थगन गरिएको थियो।

सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री चुनिएपछि आर्डन विश्वकै कान्छी महिला सरकार प्रमुख बनेकी थिइन्।

उनले कोरोना महामारी, क्राइस्टचर्च मस्जिद गोलीबारी र ह्वाइट आइल्याण्ड ज्वालामुखी विस्फोटको समस्यामा परेको न्यूजील्याण्डलाई नेतृत्व गरेकी थिइन्।

  • मिसन संवाददाता
  • आइतवार, पुस २९, २०८० 0८:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट