१७ ठाउँमा जनमतले गठबन्धनलाई सघाउने

  • मिसन संवाददाता
  • सोमवार, माघ १, २०८० १६:१८
१७ ठाउँमा जनमतले गठबन्धनलाई सघाउने

यही माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा जनमत पार्टीले आफ्ना उम्मेदवार नभएको स्थानमा मात्रै सत्ता गठबन्धनलाई सघाउने जनाएको छ।

सत्ता गठबन्धनमै रहे पनि जनमत पार्टीले मधेस र लुम्बिनी प्रदेशको अन्य क्लस्टरमा उम्मेदवार उठाएको छ। गठबन्धमा आवद्ध अन्य दलले जनमतलाई भागबण्डामा सहभागी गराएपछि उसले छुट्टै उम्मेदवार उठाएको हो।

लुम्बिनीको अन्य क्लस्टरमा जनमतबाट बालगोविन्द चौधरी थारु र मधेसमा रामशंकर महासेठले उम्मेदवारी दिएका छन्।

आफ्ना दुई उम्मेदवार उठेको स्थान बाहेक १७ स्थानमा माओवादी नेतृत्वको सत्ता गठबन्धनका उम्मेदवारलाई नै भोट हाल्ने जनमतका अध्यक्ष सिके राउतले जानकारी दिएका छन्।

उनले आज एक अपिल जारी गर्दै आफ्ना दुई उम्मेदवारलाई मत दिएर विजयी बनाउन अनुरोध गरेका छन्।

  • मिसन संवाददाता
  • सोमवार, माघ १, २०८० १६:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट