निजामती सेवा र राष्ट्रिय मानव अधिकार आयोगमा २६४ जनालाई जागिरको अवसर

  • मिसन संवाददाता
  • बुधबार, पुस २५, २०८० १२:५७
निजामती सेवा र राष्ट्रिय मानव अधिकार आयोगमा २६४ जनालाई जागिरको अवसर

काठमाडौं । निजामती सेवा र राष्ट्रिय मानव अधिकार सेवामा २६४ जनालाई रोजगारीको अवसर खुलेको छ ।

लोकसेवा आयोगले सूचना प्रकाशित गर्दै खुल्ला तथा समावेशी प्रतियोगितात्मक परिक्षामार्फत २६४ जनाको पदपूर्ति गरिने जनाएको छ ।

आयोगले निजामती सेवाका लागि राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) तथा राष्ट्रिय मानव अधिकार सेवाका लागि सहायक प्रथमक श्रेणीका पदको लागि खुल्ला तथा प्रतियोगितात्मक लिखित परिक्षाको विज्ञापन निकाल्दै २६४ जनालाई रोजगारी खुलाइएको जनाएको छ ।

माग गरिएका पदहरुमा लोकसेवा आयोग, धनकुटा कार्यालयमार्फत विभिन्न सेवा समुहमा खुल्लामा २५ जना, महिला ८ जना, आदिवासी तथा जनजाती ७ जना, मधेसी ७ जना, दलित ४ जना र अपांग २ जना माग गरिएको छ । त्यस्तै, लोकसेवा आयोगको जलेश्वर कार्यालयबाट खुल्लातर्फ १८ जना, महिला ५ जना, आदिवासी जनजाती ५ जना, मधेसी ३ जना, अपांग २ जना र पिछडिएको क्षेत्रबाट १ वना माग गरिएको छ ।

लोकसेवा आयोग काठमाडौं कार्यालयबाट खुल्लातर्फ ४७ जना, महिलातर्फ १४ जना, आदिवासी जनजातीतर्फ १० जना, मधेसीतर्फ १२ जना, दलिततर्फ २ जना र पिछडिएको क्षेत्रतर्फ ३ जना माग गरिएको छ । आयोगको पोखरा कार्यालयबाट भने १८ जना खुल्लामा, ५ जना महिलातर्फ, ३ जना आदिवासी जनजाती, मधेसीतर्फ ५ जना, दलितर्फ १ जना र पिछडिएको क्षेत्रतर्फ १ जना माग गरिएको छ । आयोगको बुटवल कार्यालयले खुल्लमा १८ जना, महिलामा ४ जना, आदिवासी जनजातीमा ६ जना, मधेसीमा ४ जना, दलितमा २ जना र पिछडिएको क्षेत्र २ जना माग गरिएको छ ।

त्यस्तै, सुर्खेत कार्यालयबाट खुल्लातर्फ ११ जना, महिला २ जना, आदिवासी जनजातीतर्फ ३ जना, मधेसीतर्फ २ जना, दलिततर्फ १ जना र पिछडिएको क्षेत्रतर्फ १ जनालाई माग गरिएको छ । दिपायल कार्यालयबाट भने खुल्लामा १४ जना, महिलामा ३ जना, आदिवासी जनजातीमा ४ जना, मधेसीमा १ जना र दलितमा २ जनालाई माग गरिएको छ ।

आयोगले राष्ट्रिय मानव अधिकार सेवाको सहायक प्रथम श्रेणीमा नायब सुब्बा पदका लागि भने खुल्लातर्फ २ जना, महिलातर्फ १ जना र आदिवासी जनजातीतर्फ १ जनाका लागि रोजगारी खुलाइएको छ ।

आयोगकाअनुसार योग्यता पुग्ने नेपाली नागरिकले माघ १६ गतेसम्म नियमित दस्तुरमा र २३ गतेसम्म दोब्बर दस्तुरमा दरखास्त दिन सक्ने छन् ।

  • मिसन संवाददाता
  • बुधबार, पुस २५, २०८० १२:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट