प्रहरी समायोजन प्रक्रिया छिटो टुंग्याउन प्रधानमन्त्रीको निर्देशन

  • मिसन संवाददाता
  • बुधबार, माघ ३, २०८० ११:११
प्रहरी समायोजन प्रक्रिया छिटो टुंग्याउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी समायोजनको प्रक्रिया छिटो टुंगाउन निर्देशन दिएका छन्। बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीले प्रहरी समायोजनको प्रक्रिया टुंगाउन बोलाएको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सङ्घीय मन्त्रीहरू, नेपाल सरकारका मुख्यसचिव डा.बैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुंवर, गृह मन्त्रालयका अधिकारीहरू उपस्थित थिए।

बैठकमा प्रधानमन्त्रीले सङ्घीय कानुन नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुंगिँदा प्रदेशहरूलाई काम गर्न अप्ठ्यारो परेको भन्दै यसमा गम्भीर हुन निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीले प्रहरी नेपाल (प्रदेश प्रहरी कार्यसञ्चालन र समन्वय) ऐन २०७६ जारी भएको लामो समय बित्दासमेत समायोजन अघि नबढेको भन्दै १५ दिनभित्र समायोजनको प्रक्रिया टुंगाउन निर्देशन दिएका हुन्।

  • मिसन संवाददाता
  • बुधबार, माघ ३, २०८० ११:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट