रास्वपाले दबाब यात्रा गर्ने यी हुन् २७ आयोजना

  • मिसन संवाददाता
  • बिहिबार, माघ ४, २०८० १२:२३
रास्वपाले दबाब यात्रा गर्ने यी हुन् २७ आयोजना

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २७ वटा आयोजनामा दबाब यात्रा गर्ने भएको छ । बुधराति अबेर सकिएको केन्द्रीय समितिको बैठकले निर्माण सुस्त भइरहेका ती आयोजनाहरु केन्द्रित दबाब कार्यक्रम गर्ने निर्णय गरेको हो ।

प्रारम्भिक चरणमा २७ आयोजनालाई प्राथमिकताको सूचीमा राखेको रास्वपाले ती आयोजनाबारे थप अध्ययन गरी कार्यक्रमको सम्भावित प्रारुप र मितिसमेत प्रस्ताव गर्न ६ सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलमा श्रीराम न्यौपाने, विपिन कुमार आचार्य,, प्रतिभा रावल, शिशिर खनाल, कृष्ण भेटुवाल र खुस्बु सरकार श्रेष्ठ छन् । दबाब कार्यक्रम गर्ने आयोजनाको प्रारम्भिक सूचीमा गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकलाई पहिलो नम्बरमा राखिएको छ । यस्तै, रहरा र मेलम्ची खानेपानी आयोजना लगायत रहेका छन् ।

  • मिसन संवाददाता
  • बिहिबार, माघ ४, २०८० १२:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट