आईसीसी विश्वकप लिग-२ : नेपाल र नामिबियाबीच प्रतिस्पर्धा

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन ९, २०८० 0८:३१
आईसीसी विश्वकप लिग-२ : नेपाल र नामिबियाबीच प्रतिस्पर्धा

आईसीसी विश्वकप लिग–२ को तेस्रो खेल नेपालले बुधबार नामिबियासँग खेल्दैछ। खेल बिहान साढे ९ बजे त्रिवि मैदान कीर्तिपुरमा सुरु हुनेछ।

नामिवियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले हराएको थियो। दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो।

पहिलो खेलमा हारे पनि नेदरल्यान्ड्स विरुद्ध पुनरागमन जितले नेपालको मनोबल उच्च छ। उच्च मनोबलसँगै घरेलु मैदान, कन्डिसन र दर्शकको फाइदा उठाउँदै नेपाल नामिबियासँग हारको बदला लिन चाहन्छ।

त्रिवि मैदानमा टसले निकै ठूलो महत्व राखेको छ। सुरुवाती तीन खेलमा टस हारेर पहिला ब्याटिङ गर्ने टोली नै पराजित भएका छन्। पहिला ब्याटिङ गर्ने तीन टोली १४० रन भन्दा कम रनमा अल आउट भएका छन्।

नेपाल र नामिबियाबीच एकदवसीयमा ७ खेल भएका छन्। जसमा नेपाल २ खेलमा विजयी र ४ खेलमा पराजित भएको छ।

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन ९, २०८० 0८:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट