हर्क साम्पाङले धरानमा लगाए सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध

  • मिसन संवाददाता
  • शुक्रबार, माघ ५, २०८० १५:११
हर्क साम्पाङले धरानमा लगाए सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध

धरान उपमहानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाइएको छ ।

धरानका मेयर हर्कराज राईद्वारा आज जारी भएको सुचना अनुसार धरान नगर क्षेत्रका सार्वजनिक स्थलहरु (पाटीपौवा, बाटोघाटो, पुस्तकालय, सार्वजनिक शौचालय, व्यायमशाला, अस्पताल, शैक्षिक संस्था, धर्मशाला, धार्मिक स्थल) लगायत सार्वजनिक स्थानहरुमा चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कट, प्लाष्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने जस्ता सूर्तीजन्य वस्तु भण्डार, बिक्री र प्रयोगमा रोक लगाईएको हो ।

२०८० पौष २९ गतेको कार्यपालिका बैठकबाट उक्त निर्णय भएको मेयर राईले बताए । सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन पछि धरान नगर क्षेत्रका सार्वजनिक स्थलहरुमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको उनले बताए ।

सूचनाको अवज्ञा गरी विक्री वितरण तथा भण्डार गरेको पाईएमा नगर प्रहरी मार्फत जफत गरी कानून बमोजिम जरिवाना गरिने समेत राईले बताए।

  • मिसन संवाददाता
  • शुक्रबार, माघ ५, २०८० १५:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट