घरपरिवारको रेखदेख गर्न बिदा नलिएको भन्दै ५ प्रहरीलाई स्पष्टिकरण सोधियो

  • मिसन संवाददाता
  • शुक्रबार, माघ ५, २०८० १६:३0
घरपरिवारको रेखदेख गर्न बिदा नलिएको भन्दै ५ प्रहरीलाई स्पष्टिकरण सोधियो

जिल्ला प्रहरी कार्यालय खोटाङमा कार्यरत पाँच जना कर्मचारीलाई स्पष्टीकरण सोधिएको छ । प्रहरी नियमावली २०७१ अनुसार पाउने विदाको सुविधा नलिएकाले जवानहरुलाई प्रहरी कार्यालयले स्पष्टीकरण सोधेको हो ।

प्रहरी सहायक हवल्दार सविन थक्लुङ लिम्बु, प्रहरी जवान सागर राई, द्वारिका राई, रुपेश तामाङ र अनिल परियारलाई स्पष्टीकरण सोधिएको हो । ती कर्मचारीहरु ६ महिनासम्म पनि बिदा नबसेको देखिएकाले स्पष्टीकरण सोधिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डीएसपी पुरुषोत्तम खड्काले जानकारी दिए ।

कारबाही गर्नका लागि नभएर बिदा बस्नलाई प्रोत्साहित गर्न स्पष्टीकरण सोधिएको उनले बताए । प्रहरी अधिकृतहरुले वर्षमा ३० दिन घर विदा र १२ दिन भैपरि आउने बिदा पाउँछन् ।

  • मिसन संवाददाता
  • शुक्रबार, माघ ५, २०८० १६:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट