भरत दुलालको घोषणा : अध्यक्ष नछाड्ने, उपाध्यक्ष नखाने !

  • मिसन संवाददाता
  • आइतवार, माघ ७, २०८० १८:४९
भरत दुलालको घोषणा : अध्यक्ष नछाड्ने, उपाध्यक्ष नखाने !

नेकपा (एमाले) दोलखाका नेता भरत दुलालले आगामी जिल्ला अधिवेशनमा अध्यक्ष पदमा आफ्नो दाबी नछाड्ने बताएका छन् । एमाले दोलखाको घर्किँदो जिल्ला अधिवेशन : कसरी हुँदैछ पदको पँजनी ? शिर्षकमा हाम्रो मिसनले एउटा समाचार प्रकाशित गरेको थियो । समाचारको एउटा अंशमा भनिएको छ, ‘जिल्ला अध्यक्षका प्रबल प्रत्यासी भरत दुलाल पनि हुन् । आनन्द पोखरेल निकट मानिने दुलाल प्रदेश उपाध्यक्षमा इश्वरचन्द्र पोखरेललाई सेट गरेर आफु जिल्ला अध्यक्ष बन्ने योजनामा थिए भनिन्छ । इश्वरचन्द्र पोखरेलले नै अहिले जिल्ला अध्यक्ष ताकेपछि उनी दोधारमा छन् । वैचारिक र योजनाकार मानिने दुलाल शैलुङ्ग गाउँपालिकाका पुर्व अध्यक्ष (जनप्रतिनिधि) पनि हुन् । उनी नर श्रेष्ठको क्याम्पमा गएर जिल्ला उपाध्यक्ष हुने सम्भावनाहरुबारे पनि छलफल चलेको बताईन्छ ।’

यसैको प्रतिक्रिया स्वरुप दुलालले फेसबुकमा लेखेका छन्, ‘उपाध्यक्ष पाए पनि पद नछाड्ने चिन्तन ममा छैन मनको लड्डु खादै बस्नु अपमान चाहिँ नगर्नु। भ्रम ।’ दुलाल पार्टी बहुपदीय संरचनामा गएपछि एमालेको पहिलो जिल्ला सचिव बनेका थिए । उत्कृष्ट गाउँपालिका अध्यक्षको रुपमा बागमती प्रदेश सरकारबाट सम्मानित दुलाललाई नन्दराज थपलियाले लेखेका छन्, ‘बकस हुने हाेला! नछाड्ने भन्दापनि। मरिटाेक्रेसिकाे हिमायति हाे तपाईँ। परीक्षण हुनेवाला छ।’ उनलाई रिप्लाई दिंदै दुलालले भनेका छन्, ‘दाेस्राे पटक अध्यक्ष दावी गर्दैछु। परिणाम जे आए पनि जिल्ला अध्यक्ष दावी चाहिँ यो अन्तिम पटक हुनेछ।’

सम्बन्धित समाचार : एमाले दोलखाको घर्किँदो जिल्ला अधिवेशन : कसरी हुँदैछ पदको पँजनी ?

  • मिसन संवाददाता
  • आइतवार, माघ ७, २०८० १८:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट