राष्ट्रियसभा चुनावकै दिन गाउँपालिका अध्यक्ष बेहोस भएर ढले

  • मिसन संवाददाता
  • बिहिबार, माघ ११, २०८० 0९:३४
राष्ट्रियसभा चुनावकै दिन गाउँपालिका अध्यक्ष बेहोस भएर ढले

कोसी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदाता रहेका मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारु बेहोस भएर ढलेपछि अस्पताल भर्ना भएका छन्।

राष्ट्रियसभा निर्वाचनका लागि छलफल गर्न विराटनगरस्थित होटल स्ट्रन स्टारमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थारु बुधवार साँझ बेहोस भएर ढलेका थिए।

होटलमा खाना खाने बेलामा थारु अचानक बेहोस भएपछि उपचारका लागि स्थानीय पारस अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरकै नोबेल शिक्षण अस्पताल लगिएको छ। नोबेलको भेन्टिलेटरमा राखेर गाउँपालिका अध्यक्ष थारुको थप उपचार भइरहेको र चिकित्सकले अवस्था गम्भीर रहेकाे बताएका छन्।

थारु नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष हुन्। गठबन्धनले अन्यतर्फ कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई उम्मेदवार बनाएको छ।

कोसीमा एमाले–राप्रपाले पनि गठबन्धन गरेका छन्। जसका तर्फबाट अन्यमा राप्रपाका उद्धव पौडेल उम्मेदवार छन् भने महिलातर्फ एमालेकी रुक्मिणी कोइराला छिन्।

  • मिसन संवाददाता
  • बिहिबार, माघ ११, २०८० 0९:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट