माघ २२ देखि संघीय संसद्को अधिवेशन आह्वान

  • मिसन संवाददाता
  • बिहिबार, माघ ११, २०८० १0:२९
माघ २२ देखि संघीय संसद्को अधिवेशन आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। राष्ट्रपति कार्यालयले बुधबार विज्ञप्तिमार्फत् अधिवेशन आह्वान गरिएको जानकारी दिएको हो।

माघ २२ गते सोमबारका दिन ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरिएको हो।

मन्त्रिपरिषद्को मंगलबारको बैठकले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो।

  • मिसन संवाददाता
  • बिहिबार, माघ ११, २०८० १0:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट