हिजोअस्ति आएको रविन्द्र मिश्रले राप्रपा बुझेकै छैन : अध्यक्ष लिङ्देन

  • मिसन संवाददाता
  • शनिबार, माघ १३, २०८० 0८:२८
हिजोअस्ति आएको रविन्द्र मिश्रले राप्रपा बुझेकै छैन : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको आलोचना गरेका छन्।

मिश्र सम्मिलित निर्देशन समितिले कोसी प्रदेशमा राप्रपाका अम्बरबहादुर विष्ट सभामुख बनेपछि उनलाई फिर्ता बोलाउन भनी पार्टीलाई निर्देशन दिएपछि राप्रपाभित्र मतभेद देखिएको हो।

सोही सन्दर्भमा एभिन्युज टेलिभिजनको सिधा प्रश्नमा राजु थापालाई अन्तर्वार्ता दिँदै राप्रपा अध्यक्ष लिङ्देनले वरिष्ठ उपाध्यक्ष मिश्रले पार्टी बुझ्नै बाँकी रहेको टिप्पणी गरेका हुन्।

‘रवीन्द्र मिश्रजीले राप्रपा नै के बुझेको छ भनेको? उहाँ हिजोअस्ति आउनुभएको। उहाँले राप्रपा के बुझ्नु भएको छ’, अध्यक्ष लिङ्देनले भनेका छन्, ‘उहाँले राप्रपा बुझ्नै बाँकी छ। भर्खर आउनुभएको छ। एक, डेढ वर्ष हुँदै छ। उहाँले सरकारमा जानु ठिक थियो कि थिएन, प्रदेश सभामा सभामुखमा जानु ठीक थियो कि थिएन, उहाँलाई लागेको कुरा भन्नुभयो।’

  • मिसन संवाददाता
  • शनिबार, माघ १३, २०८० 0८:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट