क्वार्टर फाइनलमा बार्सिलोनाको हार, जाभीले क्लब छाड्ने

  • मिसन संवाददाता
  • आइतवार, माघ १४, २०८० १0:४४
क्वार्टर फाइनलमा बार्सिलोनाको हार, जाभीले क्लब छाड्ने

क्याटलान क्लब बार्सिलोनाको लगातार खराब प्रर्दशनको यात्रा जारी छ। कोपा डेल रेको क्वार्टर फाइनलमा एथ्लेटिक बिल्बाओसँग पराजित भएर प्रतियोगिताबाट बाहिरिएको बार्सिलोना शनिबार राति आफ्नै घरेलु मैदानमा भिल्लारियलसँग पराजित भयो।

भिल्लारियलले बार्सिलोनामाथि ५–३ को सानदार जित निकाल्यो। पहिलो हाफमा जेरार्ड मोरेनोको गोलमा भिल्ला रियलले अग्रता लिएको थियो। दोस्रो हाफको ५४औं मिनेटमा एकोमाचले अर्को गोल गरेपछि भिल्लारियलले अग्रता दोब्बर बनाएको थियो।

तर लगातार ३ गोल गर्दै बार्सिलोनाले खेलमा ३–१ को अग्रता बनाएको थियो। गुण्डोगान र पेड्रीले गोल गरेका थिए भने बेल्लीको आत्मघाती गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो।

तर ९० मिनेट पछिको अतिरिक्त समयमा एक्लेजेन्डर सोलार्थ र मोरालेसले गोल गरेपछि भिल्लारियलले ५–३ को जित निकाल्यो।

यता टिमको खराब प्रदर्शन यात्रा कायमै रहेकाले मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले क्लब छाड्ने बताएका छन्। खेलपछि पत्रकार सम्मलेन गर्दै जाभीले यसै सिजनको अन्तिम अर्थात जुनमा क्लब छाड्ने बताएका छन्।

जाभी २०२१ नोभेम्बरमा साउदी क्लब खल सद्दको प्रशिक्षक छाडेर बार्सिलोना आएका थिए।

  • मिसन संवाददाता
  • आइतवार, माघ १४, २०८० १0:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट