बार्सिलोना ला लिगाको दोस्रो स्थानमा : रियल मड्रिडभन्दा ८ अङ्कले पछि

  • मिसन संवाददाता
  • सोमवार, चैत्र ५, २०८० 0९:१६
बार्सिलोना ला लिगाको दोस्रो स्थानमा : रियल मड्रिडभन्दा ८ अङ्कले पछि

एट्लेटिको मड्रिडमाथि शानदार जीत हासिल गर्दै बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा ३–० को जीत हासिल गर्दै बार्सिलोनाले यो सिजन एट्लेटिकोलाई पहिलोपटक घरेलु मैदानमा हारको स्वाद चखाएको हो ।

खेलको ३८ औँ मिनेटमा जोआओ फेलिक्सले बार्सिलोनालाई अग्रता दिलाएका थिए । लिगमा यो सिजन उनको यो छैटौँ गोल थियो ।

दोस्रो हाफको सुरुवातमा नै रोबर्ट लेवान्डोस्कीले टोलीको अग्रता दोब्बर बनाए । ६५ औँ मिनेटमा फर्मिन लोपेजले अर्को गोल थप्दै टोलीको जीत सुनिश्चित गरे ।

जीतपछि जिरोनालाई उछिन्दै बार्सिलोना लिगको दोस्रो स्थानमा पुगेको छ । २९ खेलबाट बार्साको ६४ अङ्क रहेको छ । टोली शीर्ष स्थानमा रहेको चिर प्रतिद्वन्द्वी रियल मड्रिडभन्दा ८ अङ्कले पछि छ । एट्लेटिको ५५ अङ्कसहित लिगको पाँचौँ स्थानमा सीमित छ ।

  • मिसन संवाददाता
  • सोमवार, चैत्र ५, २०८० 0९:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट