विलासी तपस्वीको घरमा फर्चुनर, क्रसफायर र केटीएम ड्युक : ५ करोडको ल्यान्डक्रुजर बुकिङ

  • मिसन संवाददाता
  • बुधबार, पुस २५, २०८० १४:३0
विलासी तपस्वीको घरमा फर्चुनर, क्रसफायर र केटीएम ड्युक : ५ करोडको ल्यान्डक्रुजर बुकिङ

हत्या र यौनहिंसाका आरोपित रामबहादुर बम्जनको घरबाट प्रहरीले करिब साढे ३ करोड रुपैयाँ बरामद गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को टोलीले बम्जनलाई पक्राउ गरेको थियो ।

बुधबार सीआईबीले पत्रकार सम्मेलन गर्दै बुढानीलकण्ठस्थित घरबाट बरामद भएको नगद, मोबाइल र ल्यापटप लगाएका महत्त्वपूर्ण कागजात सार्वजनिक गरेको हो । उनले प्रदेश-३-०१ ०२४ च ६७२९ नम्बरको तुलाराम तामाङको नाममा रहेको सेतो टोयोटा फर्चुनर प्रयोग गर्दै आएका थिए ।

उनले ल्यान्डक्रुजर-जेडएक्स किन्नका लागि ३ करोड रुपैयाँ सोरुमलाई बुझाइसकेको पनि सीआईबीले जनाएको छ । उनको प्रयोगका लागि धुम्बाराहीमा रहेको युनाइटेड ट्रेडर्स सिन्डिकेट प्राइभेट लिमिटेडमा सेतो रङको ल्यान्डक्रुजर किन्नका लागि ५ करोडमा बुकिङ गरिएको थियो । बम्जनले क्रसफायर, केटीएम ड्युक मोटरसाइकल र यामाहा रे जेडआर स्कुटरसमेत प्रयोग गर्ने गरेको खुलेको छ ।

  • मिसन संवाददाता
  • बुधबार, पुस २५, २०८० १४:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट