टेरामक्स घोटाला : वहालवाला मन्त्री र पुर्वमन्त्रीसँग बयान लिने तयारी

  • मिसन संवाददाता
  • सोमवार, माघ १५, २०८० १0:४३
टेरामक्स घोटाला : वहालवाला मन्त्री र पुर्वमन्त्रीसँग बयान लिने तयारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्यूनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) प्रणाली खरिद प्रकरणमा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्रीद्वय मोहनबहादुर बस्नेत र ज्ञानेन्द्र बहादुर कार्कीसँग छिट्टै बयान लिने भएको छ ।

सञ्चार मन्त्री रहेका बखत बस्नेतले टेरामक्स प्रणाली खरिदको प्रक्रिया अघि बढाउने नीतिगत निर्णय गरेका थिए । यो अवधिमा मन्त्रालयका सचिव रहेका महेन्द्रमान गुरुङलाई पनि अनुसन्धानको घेरामा राखेर बयान लिइसकिएको छ । मन्त्रीको नीतिगत निर्णयमा टेकेर नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झाले सञ्चालक समितिबाट निर्णय गराएर प्रक्रिया अघि बढाएका थिए ।

यसअघि प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले टेरामक्स प्रकरणको छानबिन गर्न आयोगलाई निर्देशन दिएको थियो । टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचार भएको निष्कर्ष समितिको थियो । यद्यपि समितिको निर्देशन अघि नै टेरामक्स खरिदमा अख्तियारले अनुसन्धान थालिसकेको थियो । समितिले अनुसन्धानको प्रगति ३०/३० दिनमा बुझाउन आयोगलाई निर्देशन दिएको छ ।

आयोगले यस प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनालसँग पनि बयान लिइसकेको छ । भ्रष्टाचार प्रकरण चर्किएसँगै खनालले प्राधिकरणको अध्यक्ष पदबाट हालै राजीनामा दिएका थिए ।

  • मिसन संवाददाता
  • सोमवार, माघ १५, २०८० १0:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट