बेलायत र नेपालका सेना प्रमुखको भेट

  • मिसन संवाददाता
  • मङ्लबार, माघ १६, २०८० १३:४२
बेलायत र नेपालका सेना प्रमुखको भेट

प्रधान सेनापति प्रभुराम शर्मा र संयुक्त अधिराज्य बेलायतका सेना प्रमुख जनरल सर प्याट्रिक स्यान्डर्सबीच भेटवार्ता भएको छ।

उनीहरुबीच जङ्गी अड्डामा मंगलबार बिहान शिष्टाचार भेटघाट भएको हो। भेटका क्रममा उनीहरुबीच सदियौँदेखि नेपाल र वेलायतबीच रही आएको पारस्परिक सम्बन्ध तथा दुई देशका सेनाबीच रही आएको सुमधुर सम्बन्धसँगै आपसी चासोका विषयमा छलफल भएको जंगी अड्डाले जनाएको छ।

त्यसक्रममा बेलायतका सेना प्रमुखको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।

बेलायती सेना प्रमुख ६ दिन लामो भ्रमणका लागि नेपाल आएका हुन्। उनलाई सोमबार नेपाली सेनाका बलाधिकृत रथी अशोकराज सिग्देलले स्वागत त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए।

  • मिसन संवाददाता
  • मङ्लबार, माघ १६, २०८० १३:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट