मन्त्रीले ज्यान मार्ने धम्की दिएको भन्दै उजुरी !

  • मिसन संवाददाता
  • मङ्लबार, माघ १६, २०८० १२:५८
मन्त्रीले ज्यान मार्ने धम्की दिएको भन्दै उजुरी !

आफूलाई मार्ने धम्की दिएको भन्दै एक व्यक्तिले सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउदविरुद्ध प्रहरीकहाँ दिएका छन्। बझाङको बुंगल नगरपालिका-१ का धनबहादुर बोहराले मन्त्री साउदविरुद्ध प्रहरीमा उजुरी दिएका हुन्। मन्त्री साउदले आफूलाई फोन गरेर मार्ने धम्की भन्दै बोहोराले उजुरी दिएका हुन्।

‘आछमको रामारोशन गाउँपालिका वडा नं. ६ वस्ने वीरबहादुर साउदको छोरा वर्ष ४३ को झपटबहादुर साउदले मबाट विभिन्न मितिमा साह्रै समस्या छ ऋण सापटी लिएको थिए। निजले दिने समय अवधि समाप्त भइसक्दा समेत मलाई दिएनन्। फिर्ता माग्न खोज्दा अनेक बहाना पारी आलटाल गर्ने तथा उल्टै मार्ने धम्की दिने गरेको हुँदा निजलाई झिकाई आवश्यक छलफल तथा मलाई मार्ने धम्की दिएको हुँदा मेरो शान्ति सुरक्षासमेत गरि पाउँन यो निवेदन पेश गरेको छुु’, बोहोराले उजुरीमा भनेका छन्।

मन्त्रीले केही समयअघि लगेको ऋण बारम्बार फिर्ता माग्दा नदिएर उल्टै मार्ने धम्की दिएको भन्दै बोहराले जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी देवेन्द्र पालले प्रशासनमार्फत बोहोराको उजुरी आइपुगेको बताएका छन्। मन्त्री साउदले आफूविरुद्ध उजुरी आएकोबारे थाहा नभएको बताए। उनले बोहोरासँग आफ्नो कुनै कारोबार र लेनदेन नरहेको पनि जवाफ पत्रकारहरूलाई दिएका छन्।

  • मिसन संवाददाता
  • मङ्लबार, माघ १६, २०८० १२:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट