प्रहरी कार्यालय सहयोगीकी श्रीमतीको उपचारका लागि डिआईजीद्वारा एक लाख हस्तान्तरण

  • मिसन संवाददाता
  • मङ्लबार, माघ १६, २०८० २१:३९
प्रहरी कार्यालय सहयोगीकी श्रीमतीको उपचारका लागि डिआईजीद्वारा एक लाख हस्तान्तरण

कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी चन्द्रकुबेर खापुङले कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा कार्यरत प्रहरी कार्यालय सहयोगी राजाराम साफीको श्रीमतीको उपचारको लागि एक लाख एक हजार एक सय दश रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन् ।

साफिको श्रीमती ४१ बर्षीया उर्मिला कुमारी रजतको दुबै मृगौला फेल भएको हुँदा निजको उपचारमा सहयोग गर्नका लागि कोशी प्रदेश पुर्व प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा कार्यरत प्रहरी कर्मचारीहरु, र जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कार्यरत प्रहरी कर्मचारीहरुबाट संकलन भएको नगद आज हस्तान्तरण भएको हो ।

डिआईजी चन्द्रकुबेर खापुङले थप सहयोगको प्रतिबद्धता र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

  • मिसन संवाददाता
  • मङ्लबार, माघ १६, २०८० २१:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट