छोरीसँग लभ परेका युवा घरभित्रै भेटिएपछि टाउको र औंला काटेर हत्या !

  • मिसन संवाददाता
  • आइतवार, माघ २८, २०८० १८:१३
छोरीसँग लभ परेका युवा घरभित्रै भेटिएपछि टाउको र औंला काटेर हत्या !

दोलखाको शैलुङ गाउँपालिकास्थित मागापौवाका भिष्म भण्डारीको प्रेम सम्बन्धका कारण हत्या भएको पुष्टि भएको छ ।

अघिल्लो महिना हत्या भएका भण्डारीलाई प्रेम सम्बन्धकै कारण प्रेमीकाको परिवारले हत्या गरेको खुलेको हो । दोलखा प्रहरीले आज पत्रकार सम्मेलन गरी घटनामा संलग्न भएका व्यक्तिहरुलाई सार्वजनिक गरेको छ।

हत्या अभियोगमा पक्राउ परेका शैलुङ गाउँपालिका—५ काटाकुटीका पुष्कर नेपाली, ईश्वर नेपाली र विशाल नेपालीलाई दोलखा प्रहरीले आज सार्वजनिक गरेको हो । यी मध्ये पुष्कर युवतीका बुबा, विशाल दाई र इश्वर छिमेकी हुन् ।

उनीहरुले ७ कक्षामा अध्ययनरत १७ वर्षीया किशोरीको भण्डारीसँग प्रेम सम्बन्ध रहेको थाहा पाएपछि हत्या गरेको दोलखा प्रहरीले बतायो । किशोरीसँग घरभित्रसँगै भेटिएपछि युवकलाई घरबाहिर निकालेर विभत्स हत्या गरी अन्यत्रै लगेर फालिएको पाइएको प्रहरीको भनाई छ ।

भण्डारीको शव घाँटि रेटेर अलग गरिएको र शरीरका बिभिन्न भागमा गम्भीर चोट लागेको अवस्थामा पौष १६ गते शव फेला परेको थियो । शैलुङ गाउँपालिका–५ काटाकुटीस्थित बिरेन्द्र मावी नजिकै बजिनी खोल्सामा युवकको शव फेला परेको थियो । भण्डारीको शव टाउको छुटिएको, अनुहारमा गम्भीर चोट लागेको, देव्रे हातका तीनवटा औंला नभएको, दायाँ हातको बुढी औंला र चोर औंलाको वीचमा चिरिएको अवस्थामा फेला परेको थियो ।

  • मिसन संवाददाता
  • आइतवार, माघ २८, २०८० १८:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट