प्रतिष्ठानमा खनाललाई रोक्न अनेक चलखेल : फर्जी समाचारको प्रमाणसहित भण्डाफोर

  • मिसन संवाददाता
  • सोमवार, माघ २९, २०८० १८:४0
प्रतिष्ठानमा खनाललाई रोक्न अनेक चलखेल : फर्जी समाचारको प्रमाणसहित भण्डाफोर

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिमा प्रा.डा.गुरु खनाललाई रोक्नका लागि स्वार्थ समूह चलखेलमा लागेको छ । एसएलसी फेल खनाललाई बिपी प्रतिष्ठानको उपकुलपति बनाउने तयारी भन्दै अपुष्ट र आधा सत्य समाचार प्रकाशन गरेर आफुविरुद्ध प्रहार भएको भन्दै प्रा.डा.गुरु खनालले पत्रकार सम्मेलन नै गरेका छन् ।

खनाल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पुर्वरेक्टर एवं हाडजोर्नी बिशेषज्ञ हुन्। हिजो प्रतिष्ठानको एकेडेमिक हलमा पत्रकार सम्मेलन गर्दै डाक्टर खनालले स्वार्थ समूह आफ़ो स्वार्थसिद्ध गर्न लागिपरेको बताए।

केहीदिन अघि धरानकै एक मिडियाले ‘एसएलसी फेल खनाललाई बिपी प्रतिष्ठानको उपकुलपति बनाउने तयारी !’ शिर्षकमा समाचार प्रकाशन गरेको थियो । उक्त्त समाचरलाई लिएर आफन्त साथीभाइ, परिवारमा आफुमा निकै मानसिक तनाब भएकोले उक्त्त समाचार प्रायोजित र तथ्यहिन भएको प्रमाणित गर्न आफु आफ्नो सक्कली शैक्षिक प्रमाणपत्रहरु सहित पत्रकार सम्मेलन गर्नुपरेको खनालले बताए ।

उनले आफुले २०३८ सालमा ‘एसएलसी दिएको र आफु अङग्रेजी बिषयमा अनुतिर्ण भएको स्विकार्दै, त्यसपछी पुरक परिक्षा दिएर उत्तिर्ण भई २०४२-४५ सालसम्म काठमाण्डौ महारागन्ज क्याम्प्समा पढेर उत्तिर्ण भएको बताए । यसैगरी २०४५-२०४८ सम्म पोखरा स्थित इन्टर्नेशनल नेपाल फेलोशिप भन्ने संस्थामा जागिर गरेको सुनाए । तत्पस्चात २०५८ सालमा एम बिबिएस गर्न आफु रुस गरेको डाक्टर खनालले बताए । एक पत्रकारले आफूलाई बिहारबाट नक्कली प्रमाण पत्र लिएको मिथ्या समाचार लेखेको बताउँदै, ‘महाराजगञ्जमा अध्ययन गरेको हुँ तर समाचारले महाराजगन्ज काठमाण्डौंलाई बिहार बनाएको छ, आफ्नो सर्टिफिकेट देखाउदै उनले बिहारको सर्टिफिकेट सार्वजनिक समेत गर्न चुनौती दिए ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको चरित्रहत्या गर्न केहि कारखानामा समाचारको मिथ्या उत्पादन हुनेगरेको उनले हाम्रो मिसनलाई बताए ।

हाम्रो मिसनसंगै बोल्दै उनले भने ‘समाजको सर्वाङ्गिन विकास र सामाजिक न्याय तथा परिवर्तनको सन्दर्भमा संचार माध्यम र संचारकर्मीको अहम भूमिका रहने कुरा प्रष्ट छ । संचार माध्यममा प्रकाशन तथा प्रसारण भएका सूचनाको प्रभाव सदैव सत्य, विश्वसनीय तथा तथ्यमा आधारित हुन्छ भन्नेमा हामी अझै सम्म पनि विश्वस्त छौ । देशका कुना-कन्दरामा बसेका जनता समक्ष सूचनाको सरल र सर्वसुलभ पहुँच स्थापित गर्ने कार्यमा समेत संचार क्षेत्रको उल्लेखनीय योगदान छ । राज्यको चौथो अङ्गको रुपमा हेरिएको संचार क्षेत्र र संचारकर्मीहरुसँग मित्रवत सम्बन्ध स्थापित गर्दै नागरिक सेवामा सहकार्य गर्दै रहेकोमा उक्त अनलाईनमा मेरो व्यक्तिगत तथा व्यवसायिक जीवनमा समेत नकारात्मक प्रभाव पार्ने, आम जनमानसमा नकारात्मक सन्देश प्रवाह गर्ने र मेरो चरित्रहत्या गर्ने उद्देश्यले समाचार लेखनको सिद्धान्त विपरित कपोकल्पित झुठा विवरण समावेश गरि सुनियोजित रुपमा प्रकाशन गरिएको समाचारको सम्बन्धमा प्रेस काउन्सिल नेपाल र संचार माध्यमसँग सम्बन्धित सबैको ध्यानाकर्षण होस् भन्ने अपेक्षा राखेको छु।’

प्रकाशन गृहले समेत उल्लेखित विषयवस्तुको सत्य, तथ्य र वास्तविकता साथै स्रोतको परिक्षण समेत नगरी एकतर्फी रुपमा प्रकाशन गरेको हुँदा आफ्नो आत्मसम्मान, इज्जत, प्रतिष्ठा साथै व्यवसायिक तथा सामाजिक जीवनमा समेत आँच पुर्याएको उनले बताए ।

साथै उनले भने समाचार कपाेलकल्पित र भ्रामक त छदैछ, किन्तु याे विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानप्रति जनताको मनाेवैज्ञानिक भराेषामाथि नै प्रहार गर्ने काेणबाट आएकाेले घातक र आम रूपमै सम्बेदनशील पनि छ । झट्ट हेर्दा म स्वयमलाई आश्चर्य बनाउने कथानक बुनिएकाे भए पनि समाचारकाे प्रारम्भमै प्रयोग गरिएकाे भाष्यबाट `समाचार सिर्जना´ काे बदनियतलाई बुझ्न कुनै कठिनाई पर्दैन ।

उनका शैक्षिक प्रमाणपत्रका प्रमाणहरु :

  • मिसन संवाददाता
  • सोमवार, माघ २९, २०८० १८:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट