दुर्गा प्रसाईंको बत्ति बालेर राजा फर्काउने कार्यक्रम आज

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन १, २०८० 0९:३१
दुर्गा प्रसाईंको बत्ति बालेर राजा फर्काउने कार्यक्रम आज

पूर्वराजा ज्ञानेन्द्र शाह र उनका केही पारिवारिक सदस्यलाई साक्षी राखेर व्यवसायी दुर्गा प्रसाईंले मेची नदीछेउको काकडभिट्टाबाट सुरु गरेको नागरिक बचाउ अभियानले मंगलबार (फागुन १) वार्षिकोत्सव मनाउँदै छ।

काठमाडौँको टुँडीखेलमा कार्यक्रम गर्न चाहेका प्रसाईँलाई प्रशासनले त्यो ठाउँ त उपलब्ध गराएन। तर, नजिकैको भृकुटीमण्डममा कार्यक्रम गर्न अनुमति दिएको छ। गत मंसिर ७ को कार्यक्रममा काठमाडौँको चक्रपथभित्र कार्यक्रम गर्न नपाएका प्रसाईंले यसपालि उपत्यकाको मुटु नै मानिने स्थानमा गर्दै छन्।

कार्यक्रमका लागि उनले यसपालि पनि देशका विभिन्न भागबाट सहभागी बोलाएका छन्। यसअघिको कार्यक्रम प्रदर्शनमा केन्द्रित थियो। अहिलेको कार्यक्रम सभामा केन्द्रित छ। सभामा आमन्त्रित अतिथिहरूले शुभकामना मन्तव्य पनि दिनेछन्। मुख्य वक्ताका रूपमा भने अभियानका संयोजक दुर्गा प्रसाईं नै रहनेछन्।

निम्तो त पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि दिइएको थियो। अझ उनलाई त अभिनन्दन नै गर्ने अभियानको तयारी थियो। तर, पूर्वराजा शाह प्रसाईंको कार्यक्रम छलेर आइतबार नै चितवनतिर लागेका छन्। उनले त्यहाँ १६ दिने बिताउने कार्यक्रम छ।

प्रसाईंको कार्यक्रमप्रति पूर्वपञ्चहरूका दल राप्रपा र राप्रपा नेपालले भने सकारात्मक प्रतिक्रिया दिएका छन्। अभियानका अध्यक्षमण्डलका सदस्य एवं कार्यक्रम विभाग प्रमुख हरि कार्कीका अनुसार, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणाले कार्यक्रममा उपस्थित हुने वचन दिएका छन्।

प्रसाईं नेतृत्वको अभियानले कार्यक्रमलाई ‘भव्य’ बनाउन भृकुटीमण्डपमा मञ्च सजावट गरिएको छ। भृकुटीमण्डपको ६ सय वर्गफिटमा यो तयारी भइरहेको अभियान सचिवालयले जनाएको छ। यसका लागि २३ लाख रुपैयाँ बजेट लगाइएको कार्कीको भनाइ छ।

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन १, २०८० 0९:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट